अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ६ मा आयोजित वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको छ । फुटबल प्रतियोगिता आयोजक समिती वडा नं ६ शिर्वानीको आयोजना तथा वडा खेलकुद बिकास समितिको समन्वयमा आयोजित प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको हो ।
प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई २ गोलका बिरुद्ध ३ गोल गर्दै वडा नम्बर ७ ले उपाधी रक्षा गरेको हो । निर्धारित ७० मिनेटको खेलको पहिलो हाल्फको २०औं मिनेटमा पहिलो गोल गर्दै वडा नम्बर ७ जर्सी नम्बर ७ का विश्वाश राइले गोल गर्दै खेलमा आफ्नो टोलीलाइ सुरुवाती अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा डिबक्स भित्र वडा नम्बर ६ का खेलाडीले फल गरेपछी पाएको पेनाल्टीलाई गोलमा परीणत गर्दै वडा नम्बर ७ जर्सी नम्बर ९ का अनिश राइले गोल गर्दै आफ्नो टोलीलाइ २ ० गोलको अग्रता दिलाएका थिए । खेलको पहिलो हाल्फको ३६औं मिनेटमा पुन अनिश राइले गोल गर्दै आफ्नो टोलीलाइ ३ ० को अवस्थामा पुर्याएका थिए ।
खेलको दोश्रो हाल्फको ३ मिनेटमै वडा नम्बर ६ जर्सी नम्बर ८ का अनिल राइले गोल गर्दै खेललाई ३ १ को अवस्थामा ल्याएका थिए । दोश्रो हाल्फकै ३२औं मिनेटमा वडा नम्बर ६ ले पाएको पेनाल्टीसुटआउटलाई जर्सी नम्बर ७ का अनिश बस्नेतले गोल गर्दै खेललाई ३ २ को अवस्थामा पुर्याएका थिए यद्धपी जितको लागि उक्त गोल प्रयाप्त नहुँदा वडा नम्बर ६ आफ्नै खेलमैदानमा ३ का बिरुद्ध २ गोल गर्दै उपविजेतामा चित्ता बुझाउन वाध्य भएको हो ।
बिजेता बनेको वडा नम्बर ७ ले नगद पुरस्कार २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउदा उपविजेता वडा नम्बर ६ ले भने ट्रफी, मेडल, प्रमाणपत्र र नगद १५ हजार पाएको थियो ।
प्रतियोगितामा बिभिन्न बिधाका खेलाडीलाई जनही १५ सय नगद र ट्रफीले सम्मन गरिएको थियो यसरी सम्मानित हुनेहरुमा उच्च गोल (५ गोल) कर्ता वडा नम्बर ७ का अनिश राइ जर्सी नम्बर ९, उत्कृष्ट डिफेन्डर तर्फ वडा नम्बर ७ कै बसन्त राई जर्सी नम्बर २, प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधी वडा नम्बर ७ का जसबहादुर राइ जर्सी नम्बर १५ ले पाउदा उत्कृष्ट गोल रक्षकको उपाधी वडा नम्बर ६ का लवकुश मगरले पाएका थिए । उत्कृष्ट फर्वार्ड र नवउदयमान खेलाडीको उपाधी वडा नम्बर ६ जर्सी नम्बर ७ का अनिष बस्नेतलले पाएका थिए ।
शनिवार सम्पन्न फाइनल खेल समापन समारोह चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको बिशेष अतिथिमा चौदण्डीगढी नगरपालिकाका उपमेयर मणिकादेवी दुलाल, पुर्व नगर प्रमुख खगेन्द्र राई, चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष अम्बर बहादुर खड्का, तेसैगरी वडा नम्बर १ र ७ का अध्यक्ष क्रमश सिताराम राई, केशव अधिकारी, वडा सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्य, स्थानिय समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थी रहेको थियो । कार्यक्रम खेल आयोजना समितिका सम्योजक युवराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया