गाईघाट । त्रियुगा नगरपालिका दिलिप चौधरीले नरेस सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्ड जितेका छन ।

कृपया यो पेज Like गर्नु होला

मिस्टर कन्चनजंघा (दोस्रो) संकरणको विजेता चौधरीले आज सम्पन्न प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल भएका हुन ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ को कार्यालयले केही दिन अघि वडी विल्डर खेलाडी चौधरीलाई प्रतियोगिताको शुभकामना दिदै विदाई कार्यक्रम समेत राखेको थियो ।
चौधरीले गोल्ड मेडल जितेपछि एमालेका युवा नेता तथा पूर्व खेलकुद विकास समितिका उदयपुृर अध्यक्ष सागर नेपालले बधाइ दिएका छन ।

नेपालले बधाइ दिर्दै सामाजिक संजालमा ‘ धेरै धेरै बधाई भाइ दिलिप चौधरी, तिम्रो मिहिनेत र ईमान्दारिताले आज नरेस सुर्य बेस्ट फिजिक्स अवार्ड गोल्ड मेडल प्राप्तगरी उदयपुर र रास्ट्रको नाम राख्न सफल भयकोमा हामी हर्सित भयका छौ, समग्र प्रतियोगिताको लागि तिमिलाई फेरि पनि शुभकामना छ’ लेखेका छन ।

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया