
बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ६ शिर्वानिमा यही श्रावण २५ गतेबाट आयोजना हुँदै गरेको वडा स्तरीय फुटबल प्रतियोगिता रोक्न ६ नम्बर वडा कार्यालय लागिपरेको स्थानीयले आरोप लगाएका छन।
स्थानीयले वडा अध्यक्ष अम्बर बहादुर खड्का प्रतियोगिता असफल बनाउन मात्र नभएर रोक्ने लागि परेको स्थानीय समाजसेवी निर्मल कार्कीले बताउनु भयो ।
बिहिवारबाट संचालित खेलमा वडाले असहयोग मात्र गरेन हामीले निमन्त्रणा गरेका अतिथि लगायत सबैजनालाई आयोजनामा नजान स्वयम् वडा अध्यक्षले सबैलाई कल गरेर भनेको प्रतियोगिता आयोजना समितीका अध्यक्ष युवराज कार्कीले जानकारी दिए। उनले भने वडाले आफ्नो ठाउँमा आयोजना हुँदै गरेको वडा स्तरीय खेलमा पुर्णतः सहयोग गर्नु पर्नेमा उल्टै असहयोग गरेकोमा आफु अत्यन्तै दुखि भएको बताए ।
वडाले के कति कारणले प्रतियोगिता सफल हुन नदिन यस्तो दल्लोस्तरको काम गरेको हो आफुहरुलाई केही थाहा नभएको समेत कार्कीले बताए । स्थानीय बुद्धिजीवीले भने आफ्नो गाउँमा नगरका सबै वडाको प्रतिनिधित्व सहितको आयोजनामा संचलान हुदै गरेको खेललाई वडाले सहयोग गर्नु पर्नेमा रोक्न उद्धत भएको सुन्दा आश्चर्य लागेको बताए । उनीहरुले प्रतियोगिता आयोजनामा केही कमीकमजोरी भएको भए बसेर संवाद मार्फत टुंग्याउनु पर्नेमा वडा अध्यक्षले आफ्नो दम्भ देखाएको आरोप लगाए ।
एक जना जननिर्वाचित प्रतिनिधिले जनताको अवहेलना गरेको आफुहरुले महशुस गरेको स्थानीयको दुखेको छ । उनीहरुले वडा अध्यक्षले सहरी स्वास्थ्य केन्द्रमा फोन गरेर फुटबल प्रतियोगितामा नजान भनेको सुन्दा आफुहरु अच्चमित परेको बताए ।
प्रतियोगिता उद्घाटनमा समेत अनुपस्थित रहनु भएका वडा अध्यक्षले अन्य अतिथिलाई समेत रोकेको उनीहरुले आरोप लगाएका छन । स्थानीय निर्मल कार्कीले भने अतिथिलाइ प्रतियोगितामा आउन रोक्ने, स्वास्थ्यकर्मीलाइ आउन रोक्ने अध्यक्षको हर्कत आफुहरुले मन नपरेको मात्र बताएनन उनले प्रतियोगिता रोकेर देखाउन चुनाती सम्म दिए ।
वडा र आयोजक समिति बिच कसको नाममा खेल खेलाउनु भन्ने बिषयमा बिबाद भएको बुझिएको छ । वडाले वडा खेलकुद विकास समितिको नाममा खेल खेलाउन दबाब दिएको भएपनि स्थानीय युवाहरुले भने वडा खेलकुद समितिको नाममा खेल खेलाउदा बाहिरी सहयोग आउन गाह्रो हुने र वडाले पर्याप्त बजेट उपलब्ध समेत गर्न नसक्ने हुदा वडा खेलकुदको नाममा खेल खेलाउन नसकिने बताउदै आएको थियो ।
प्रतियोगिता बिहिबार जिल्ला समन्वय समितिका सदस्य मन्जु परियारको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । उद्घाटन खेलमा वडा नम्बर दुईलाई ० का बिरुद्ध २ गोल गर्दै आयोजक “B” विजयी भएको थियो भने शुक्रबारको खेलमा वडा नम्बर ९ ले वडा नम्बर ४ लाइ १ का बिरुद्ध २ गोल अन्तरले पराजित गरेको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

