गाईघाट । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले सबै धर्म र संस्कृतीको जगेर्ना गर्न सके पहिचान स्वत प्राप्त हुने बताउनु भएको छ ।

कृपया यो पेज Like गर्नु होला

उदयपुर सदरमुकाम गाईघाट स्थित शान्ति धाम परिसरमा त्रियुगा आरती स्थलको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उपसभामुख दनुवारले सबै जातजातीको भाषा, पर्व र रितीरिवाजको संरक्षण गर्नु प्रदेश सरकार प्रमुख प्रमुख दायित्व रहेको बताउदै संस्कृती जर्गेना गर्न संघ, प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताउनु भयो ।

उहाँले यस बर्षको बजेटमा त्रियुगा शान्ति धामलाई प्रदेश सरकारले २० लाख रकम विनियोजन गरेकाले उक्त रकमबाट शान्तिधामको लागि आवश्यक संरचना निर्माण हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश सांसद गीतादेवी रेग्मीले शान्ति धाम सबै जाती धर्म संस्कृतीको प्रतिकको रुपमा रहेकाले यसको संरक्षण गर्नु हामी सबैका दायित्व हो भन्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै त्रियुगा नगरपालिकाको उपप्रमुख महेश्वरी राईले त्रियुगा शान्तिधाम बहु सांस्कृतिक पहिचान भएकोले यसको प्रचार प्रसार गर्न सके त्रियुगा नगरपालिकालाई फाईदा पुग्ने छ ।

उपप्रमुख राईले त्रियुगा शान्तिधाम एक धार्मिक पर्यटनको केन्द्रको रुपमा त्रियुगा नगरपालिकाले विकास गर्ने र त्यसको लागि त्रियुगा शान्ति धाम समिति सँग सहकार्य गर्ने बताउनु भयो ।

त्रियुगा शान्तिधाम परिसरमा प्रदेश सरकार अन्तरगत डिभिजन वन कार्यालय गाईघाटले २० लाख लागतमा आरती स्थल र आर्यघाटको लागि आवश्यक दाउरा गोदाम घर निर्माण गरेको छ ।

आर्य संस्कृती मान्ने समुदायले त्रियुगा नदीमा दाहसंस्कार गर्ने गरेकाले आरती स्थल निर्माण र दाउरा घर निर्माण भएपछि अन्तिम संस्कार गर्न सहज हुने स्थानीयको भनाई छ ।

कार्यक्रममा पूर्व प्रदेश सांसद तथा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, डिभिजन वन कार्यालयका प्रमुख ईन्द्र प्रसाद आचार्य लगाएतको उपस्थिती रहेको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया