
अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ९ ले आगामी आर्थिक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम छनोट छलफल बिषयक एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । वडा ले छलफलमा वडा भित्रका सम्पूर्ण सामुदायिक बनका अध्यक्ष, टोलाबिकास संस्थाका अध्यक्ष, स्थानीय बुद्धिजीवी राजनीतिकर्मी लगायतलाइ सहभागी गराएको थियो ।
चौदण्डीगढी नगरपालिका वडा नं. ९ वडा अध्यक्ष प्रकाश राउतले आगामी आर्थिक बर्ष बाट लागुहुने गरि “सामुदायिक वन” संग सझेदारी कार्यक्रम लागु गर्ने आफुहरुले लक्ष लिएर छलफल गरिएको बताए । अध्यक्ष राउतले चौदण्डीगढी नगरपालिका वडा नं. ९ विकास र समृद्धिको क्षेत्रमा एक नम्वर वडा भएर अघि बढ्ने लक्ष लिएर हिडेको जिकिर गर्नु भयो । वहाँले विकास र समृद्धिको यात्रामा एमाले, कांग्रेस, घण्टी नबन्न समेत उपस्थित सम्पूर्णमा आग्रह गर्नु भयो । अध्यक्ष राउतले त्रियुगा नदीको भीमा बिष्णुजग जोड्ने ठाउमा झोलुङ्गे पुल बर्तमान प्रदेश सरकारले बजेट ल्याएको खण्डमा बजेट सुनिस्चित हुने समेत बताउनु भयो ।
नगरका अन्य वडामा भन्दा धेरै काम ९ नम्बर वडाले गरेको बताउदै अध्यक्ष राउतले आफुले विकास र समृद्धिका निमित्त कसै संग सम्झौता नगर्ने भन्दै विकास बिरोधीहरु आफै तह लाग्ने दावी गर्नु भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सामुदायिक वनका अध्यक्षहरुले वडा/नगर संग सामुदायिक वनले साझेदारी कार्यक्रम गर्ने लक्ष अघि सार्नु निकै राम्रो रहेको बताए । उनीहरुले यसको एउटा मोडालिटी तयार पारेर काम गर्न समेत अध्यक्षको ध्यानाकर्षण गराएका थिए । टोलविकास संस्थाका अध्यक्षहरु आगामी वडाको बजेट वितरण मुखी बनाउन नहुने तर्क राखेका थिए । उनीहरुले वडाले लगानी गरेको हरेक बजेटले कस्तो उपलब्धी हाँसिल गर्छ सो को आधारमा बजेट प्राथिमिकरण गर्न माग गरेका थिए ।
टोलविकास संस्थाका अध्यक्षहरुले क्रमागता बजेटमा काम भएका योजनालाइ सम्पन्न गर्न समेत जोड दिए । छलफलमा सहभागीहरुलाइ पालैपालो आफ्ना जिज्ञासा राख्न भनिएको थियो । अधिकांसले २०७४ साल देखी अहिले सम्म चौदण्डीगढी नगरपालिका वडा नं. ९ ले गरेको कामको प्रशंसा गरेका थिए । उनीहरुले वडाका सबै पक्षलाई समेटेर विकासमा लाग्न समेत अध्यक्ष राउतलाई अनुरोध गरे ।
कार्यक्रममा उठेका कुराको जिज्ञासा दिदै वडा अध्यक्ष राउतले आफ्नो कार्यकालमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ लाइ कोशी प्रदेशकै नमुना वडा बनाएर छाड्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


