अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुर हण्डबल संघको तेस्रो साधारण सभा मार्फत नेतृत्व परिवर्तन भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित एक पार्टी प्यालेसमा सोमबार सम्पन्न तेस्रो साधरणसभाले विदुर राईको नेतृत्वमा १७ सदस्य नया कार्यसमिति चयन गरेको हो ।
साधरणसभाबाट हेण्डबलको नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, उपसचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस निजु श्रेष्ठ, मिलन रिजाल, पिटर राई, टार्जन राई र रन्जना राई, चयन हुनु भएको छ । भने सदस्यहरुमा राज कुमार श्रेष्ठ, सुजन श्रेष्ठ, सुधान्सु श्रेष्ठ, रोशन रेग्मी, निसा राई, सपना राई, नेप्सुहाङ्ग राई, सबिन रैका, फुलदेव चौधरी, र सुसन परियार रहनु भएको छ।
यस अघी समितीको सदस्यमा अनुपाराज खत्रीलाई राखिएको भएपनी उनले सामाजिक संजाल मार्फत आफु उक्त कमिटीमा नरहेको जानकारी गराएका छन।
सोमबार सम्पन्न तेश्रो साधारण सभाले केन्द्रिय प्रतिनिधीमा शम्भु पौडेल र प्रदेश प्रतिनिधीमा खगेन्द्र राई, उदयराज भुजेल, तस्बिरा तमाङ, ज्ञानेन्द्र प्रधान र प्राविधिक तर्फबाट विन्दा थापा चयन हुनु भएको छ। सल्लाहाकार समितीमा केशब आले, तेजराज तिम्सिना, गोपाल श्रेष्ठ, राजेश पौडेल, राजेश कार्की (गाइघाट) प्रताप राई, सुनिल राउत, जनक कार्की, किशोर ताम्रकार, सन्तोष बस्नेत, देवराज राई, पदम राई, पर्वत दाहाल, भोला चन्द्र राई, गोपीलाल राई (रामपुर) सिता राई (रामपुर) डिल्ली सेर श्रेष्ठ, आन्ददेव चौधरी, शसीचन्द्र राई, कर्णबहादुर थापा काजी, युराज कटुवाल, राजेन्द्र कुमार कटुवाल, सगेन्द्र राई, दिपक थापा (कटारी), कुमार ल्वागुन रहनु भएको छ । भने प्राविधिक सल्लाहाकरमा पर्वत गुरुङ र बिन्दा कुमारी थापा रहनु भएको छ।
उता कमिटीको सल्लाहाकर समितिमा राखिएका नन्दु मगरले सामाजिक संजाल मार्फत आफु उक्त पदमा नरहेको जानकारी गराएका छन।
सोमबार भएको तेस्रो साधारण सभामा उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारलाई हेण्डबलको माध्यमबाट चिनाउन सफल हेण्डबल खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो ।
३६ बर्ष अघि २०४४ सालमा गठन भएको उदयपुर हेण्डबल संघबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिदै उपाधि चुम्न सफल भएको निवर्तमान अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि सम्भु पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्व खेलाडिहरूले आफ्नो सामाजिक सुरक्षा र खेल खेलेर जिविकोपार्जन गर्नसक्ने वातावरण मिलाउन सरकार सँग माग गरेका छन ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

