अन्जनी कुमार अधिकारी
गाइघाट। उदयपुरमा जिल्ला स्तरीय डान्स च्याम्पियन उदयपुर २०७९ हुने भएको छ। उदयपुर डान्स स्टुडियो बेल्टारको आयोजना उक्त प्रतियोगिता हुने डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीले जानकारी दिनु भएको छ।
नृत्य क्षेत्रमा रुचि भएकाहरुको नृत्यलाई प्रष्फुटन गराउदै थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्येश्यले डान्स च्याम्यिनको आयोजनाको तयारी गरिएको समेत किरातीको भनाइ छ।
उदयपुर मिडिया हव (UBM)द्वारा संञ्चालित डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीका अनुसार च्याम्यिनका विजेताले नगद पुरस्कारका साथमा, मेडल, ट्रफी,प्रमाण पत्र, म्युजिक भिडियोमा खेल्ने अवसरका साथै छात्रवृत्तीमा मेकअप कक्षा, र थप निशुल्क नृत्य कक्षा तथा आकर्षक गिफ्टह्याम्पर लगायतका पुरस्कारहरु प्रदान गरिने छ। प्रतियोगितका लागि जिल्लाका विभिन्न स्थानमा अडिसनको तयारी गरिएको समेत आयोजकले जनाएको छ।
आयोजकका अनुसार जिल्लाको कटारी नगरपालिकामा आगामी फाल्गुन १ गते, नेपालटारमा फाल्गुन ६ गते, मुर्कुचीमा फाल्गुन ७ गते, गाईघाटमा फाल्गुन ९ गते, रामपुरमा फाल्गुन १२ गते र बेल्टारमा फागुन १३ गते अडिसन संचालन हुने छ। अडिसन राउण्डबाट अघिल्लो चरणका प्रतिष्पर्धाहरु अघि बढाइने बताइएको छ। प्रतियोगिताको मेनेजमेन्टको जिम्मा विङ्स इन्टरटेन्टमेन्टले पाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक नृत्यकारले आयोजकलाई सम्पर्क (9824764433 वा 9827740897) गर्न भनिएको छ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया