माघ ४ – नेइमार युरोपका सबैभन्दा मूल्यवान खेलाडी रहेको एक अध्ययनले देखाएको छ । नयाँ अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो ।
नेइमारले बार्सिलोनाका साथी खेलाडी लियोनल मेस्सीलाई पनि पछि पारेका छन् । सिआइइएस फुटबल अब्जरभेटरी स्टडीका अनुसार मेस्सीको मूल्य एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ । युरोपका शीर्ष १० मूल्यवान खेलाडीको सूचिमा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा तेस्रो स्थानमा (१३६ मिलियन पाउण्ड स्ट्रर्लिङ), एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान चौथो स्थानमा  (१३२ मिलियन पाउण्ड स्ट्रर्लिङ),
बार्सिलोनाका लुइस स्वारेज पाँचौं स्थानमा (१२७ मिलियन पाउण्ड स्ट्रर्लिङ), छैटौं स्थानमा टोटनह्यामका ह्यारी केन (१२२ मिलियन पाउण्ड स्ट्रर्लिङ)
तथा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो सातौं स्थानमा (१११ मिलियन पाउण्ड स्ट्रर्लिङ) छन् । यस्तै आठौं स्थानमा युभेन्टसका पाउलो ड्याबाला (९९.९ मिलियन पाउण्ड स्ट्रर्लिङ),
नवौं स्थानमा टोटनह्यामका डेल अली (९६ मिलियन पाउण्ड स्ट्रर्लिङ) तथा दशौं स्थानमा चेल्सीका इडन हर्जाड (८९ मिलियन पाउण्ड स्ट्रर्लिङ) छन् ।
सिआइइएस फुटबल अब्जरभेटरी स्टडीले युरोमा रहेका एक सय मूल्यवान खेलाडीको सूचि सार्वजनिक गरेको हो । सूचिमा इंग्लिस प्रिमियर लिगमा खेल्ने ४२ खेलाडी परेका छन् ।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया