रामपुर । माओवादीको दोहोरो नीतिको विरोध गर्दै उदयपुरको बेलकाका सयौ माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेस गरेका छन ।
बेलका नगरपालिका वडा नम्बर ४ का माओवादी बेलका नगर सचिवालय सदस्य रुद्र बहादुर विकको नेतृत्वमा एमाले प्रवेस गरेका हुन ।
आसन्न मसिंर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा नेकपा एमालेले उदयपुरमा आफ्नो प्रचार प्रसार तिब्र बनाएको छ ।
बिहीबार वडा नम्बर ४ को कोणसभामा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार मन्जु कुमारी चौधरी र कुशल बाबु बस्नेतले माओवादीबाट आउनेलाई स्वागत गरिन ।
एमाले प्रवेश गर्नेहरुमा नगर कमिटी सचिवालय सदस्य बाबुराम परियार,वडा कमिटी सदस्य पणर् परियार, खड्ग बहादुर भुजेल, मेग बहादुर विक, पंगल सिंह परियार लगाएतका छन ।
त्यसैगरी तिलक ष्टि, चक्र बहादुर परियार, तुलसा परियार, राजकुमार परियार, बिमला परियार, वडा कमिटी सहसचिव संगिता रिजाल, वडा कमिटी सदस्य हेम कुमारी मगर दिना खुलाल, कार्की, निरु परियार, कमला परियार, कुमार भुजेल, राधा कार्की, सर्मिला विशुखें, कल्पना बयलकोटीले माओवादी परित्याग गरेका हुन ।
उता सोही कार्यक्रममा जयराम बरदेवा, सिता पुवार मगर, पर्मिला तिमलसिना, कुल बहादुर पोख्रेल, पुजा परियार, राजकुमार परियार, प्रकास परियार, मन्दिरा परियार, नारायण लुईटेल, भालु विक र नेपाली काग्रेसबाट सर्मिला परियार रहेका छन ।
नवप्रवेसीहरुले माओवादीको दलितलाई हेर्ने नीति नै ठिक नभएकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन ।
उनीहरुले सूर्य ध्वजा बहाक एमालेका उम्मेदवार मन्जु कुमारी चौधरी र कुशलबाबु बस्नेतलाई बिजयी बनाउन लागि पर्ने प्रतिबद्धता व्यत गरेका छन ।

Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.






