सुमित्रा कोईराला
उदयपुर । नेकपा एमालेको तर्फबाट उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सांसद पदका उम्मेदवार बन्नुभएका ईश्वरमणी राउत विक्रम संवत २०४० सालमा राजनीतिमा प्रबेश गर्नुभएको हो।
जिल्लामा विकासप्रेमी र समाजसेवी नेताको रुपमा छवि बनाउनु भएका राउतले काठमाण्डौ विश्वविद्यालय काठमाण्डौबाट व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ।
आमा सावित्रा राउत र बावु एक बहादुर राउतको कोखबाट एकल सन्तानको २०२६ साल बैशाख ६ गते जन्मनुभएका राउतले २०४२ सालमा रसुवा माध्यमिक भुट्टारबाट विद्यालय स्तर (एसएलसी ) उतिर्ण गर्नुभएको हो।
विक्रम सम्बत २०४० सालमा कक्षा ८ मा अध्ययन गर्दा गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) को जिम्मेबारी सम्हाल्नु भएका राउत जिल्लाको मेहनती र लगनशिल कार्यकर्ताको रुपमा परिचित हुनुहुन्थ्यो।
साविक भुट्टार गाउँ विकास समितिमा हाल रौतामाई गाउँपालिका वडा नम्बर २ नौलेमा जन्मनु भई विद्यार्थी राजनीति मार्फत नेकपा एमालेमा उदाएका राउत २०४३ सालमा शंकरदेव क्याम्पसमा स्ववियू सचिवको उम्मेदवार बन्नुभए पश्चात उहाँको राजनीति यात्रा थप मजवुत हुदै गयो।
२०५१ सालदेखि २०५६ सालसम्म त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगढामा अध्यापन गराउनुभएका राउत २०५६ सालमा जिल्ला विकास समिति सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो। २०५४ सालमा राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष हुनुभएका राउतले २०५५ सालमा राष्ट्रिय युवा संघको सगरमाथा अंचल सचिवको जिम्मेबारी प्राप्त गर्नुभयो।
२०६१ सालमा राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो।विद्यार्थी राजनीतिवाट यात्रा थालनी गर्नुभएका राउत २०६६ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिव बन्नुभयो। सचिव रहदा सवैका प्यारा सवै नेता कार्यकर्ताका मन मटुमा बस्ने सफल सहयोगी राउत २०७१ सालमा नेकपा एमालेको जिल्ला कमिटी अध्यक्षमा चुनिनु भयो।
विक्रम सम्बत २०७८ सालमा प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेबारी बहन गरी कार्य गर्दे आउनुभएका राउत जिल्लालाई नै सर्वोपरी ठानेर जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नुभएको छ। जिल्लाको स्थानीय तहको पुन: संरचना निर्माणका लागि अहम भूमिका निर्वाह गर्नुभएका राउतले त्रियुगा नगरपालिका नै एउटा प्रदेश हुने गरी बातावरण तयार गर्न प्रमुख भूमिका निर्वाह गर्नुभएको हो। उदयपुरको पहाडी क्षेत्रमा दर्जनौ विद्यालयहरु स्थापनामा मूख्य भूमिका निर्वाह गर्नुभएका राउतले उदयपुरको विकट पहाडी गा.वि.सहरुमा सडक संजाल जोड्नका लागि विशेष पहल गर्नुभई मुर्कुची माझखर्क जाने बाटो निर्माण गरी सवारी यातयात सूचारु गर्न मूख्य जिम्मेबार व्यक्तिको रुपमा परिचित हुनुहुन्छ।
देशमा कोभिड महामारीले थिलथिलो भएको बेला सवै जनताको घरघरमा पुगेर उहाँहरुको सुखदुखमा साथ दिनुभएका राउत सादा जिवनशैलीका हुनुहुन्छ। त्रियुगा नगरपालिका प्रदेश (ख) अन्तर्गत पर्ने सिङ्गो नगरपालिका हो यहाँका जेष्ठ नगरिक अपांङ्गगता भएका, असक्त र पछाडि पारिएक वर्ग समुदायको उत्थान कल्याण तथा सामाजिक सुरक्षाको व्यवस्थाका लागि अहोरात्र खट्ने राउत यि वर्गको सम्बोधन भए मात्र पछाडी पारिएका वर्ग अगाडी आई देश विकासमा टेवा पुग्छ भन्ने मान्यता बोक्नुभएका राउत भन्नुहुन्छ जनताको सेवामा मेरो सारा जिवन समर्पण गर्दछु।
उदयपुर क्षेत्र नम्बर १ प्रदेश (ख) क्षेत्र भित्रको सडकको स्तरोन्नति, व्यवस्थित बसपार्क, बजार व्यवथापन, पर्यावरणमैत्री शहरको व्यवस्थापन, भूमीहिन किसानलाई जग्गाको व्यवस्था, जैविक विविधताको संरक्षण, रौतामाई लगायतका धार्मिक पर्यकिय स्थलको व्यवस्थापन, शैक्षिक समुहको निर्माण, प्रविधि युक्त र गुणस्तरीय शिक्षाको व्यवस्थापन, महिला हिंसा र बाल हिंसा लगायत दुर्व्यसनी मुक्त समाजको निर्माण उहाँका प्रतिवद्धता रहेका छन् ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

