
अन्जनी कुमार अधिकारी
बेल्टार। गत असोज ६ गते उद्घाटन भएको “बेल्टार खसी कप-२०७९” को उपाधिकालागी श्रिपञ्चमी विरुद्ध लाङ्घाली लाफा चोक भिड्ने भएको छ। प्रतियोगिता अन्तर्फत “बेल्टार खसी कप-२०७९” उपाधिकालागी भोली असोज १५ गते शनिवार श्रिपञ्चमी”A” विरुद्ध लाङ्घाली लाफा चोक मैदान उत्रने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत गत १२ गते बुधबार भएको पहिलो सेमिफाइनलमा लाङ्घाली लाफा चोकले पुमा लाइनलाई २ गोलका बिरुद्ध ४ गोल गर्दै फाइनल प्रवेस गरेको थियो भने बिहीवार भएको अर्को सेमिफाइनलमा समावेसीलाई ० का बिरुद्ध २ गोल गर्दै श्रिपञ्चमी”A” फाइनल प्रवेस गरेसंगै उपाधिका लागि श्रिपञ्चमी”A” विरुद्ध लाङ्घाली लाफा चोक भिड्ने पक्का भएको हो।
बेल्टारको ऐतिहासिक प्रतियोगिता “बेल्टार खसी कप-२०७९”मा बेल्टार बजार भित्रका १४ टिमले प्रतिस्पर्धा गरेका थिए। “बेल्टार खसी कप” हरेक वर्ष विजया दशमी र दिपावलीको अवसरमा बेल्टारमा आयोजना गर्दै आइएको प्रतियोगिता हो। यो प्रतियोगितामा प्रथम हुने टिमले अर्को बर्षको “बेल्टार खसी कप” को आयोजना गर्नु पर्ने हुन्छ।
“बेल्टार खसी कप-२०७९” को बिजेताले खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन भने दोश्रो हुने टोलिले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन। प्रतियोगिताका बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफी, मेडल, र प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिता आयोजक लाङ्घाली लाफा समुहका संयोजक सागर थापा मगरले जानकारी दिएका छन।
बेल्टारको ऐतिहासिक प्रतियोगिता “बेल्टार खसी कप-२०७९” को मिडिया पाटनरमा सरोकार टेलिभिजन, गाउपालिका अनलाइन र बेल्टार चौदण्डीगढी पेज रहेका छन्।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

