
अन्जनी कुमार अधिकारी
बेल्टार। बिहीवार उद्घाटन भएको “बेल्टार खसी कप-२०७९” को शुक्रबार सम्पन्न खेलमा समावेसी लाईन र लाङ्घाली लाफा चोक बिजयी भएका छन। प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बरगाछी चोकलाई ३-० गोल अन्तरले पराजित गर्दै समावेसी लाईन बिजयी भएको हो भने शुक्रबारनै भएको दोश्रो खेलमा लामेचौरीलाई १ गोलका बिरुद्ध २ गोल गर्दै आयोजक समेत रहेको लाङ्घाली लाफा चोक”A” बिजयी भएको हो।
शुक्रबार भएको पहिलो खेलमा समावेसी लाईनलाई जित दिलाउन भेट्रान्स खेलाडी बिदुर राइ, इश्वर रोक्का र रोमन राइले समान एक एक गोल गर्दै टिमलाई ३-० को जित दिलाउन सफल भएका हुन। समावेसी लाइन र बरगाछी बिचको खेलमा म्यान अफ द म्याच समावेसीका गोलकिपर सुसन परियार भएका थिए।
शुक्रबारै भएको अर्को खेलमा आयोजक समेत रहेको लाङ्घाली लाफा चोक”A” ले लामेचौरीलाई २-१ गोल अन्तरले पारीजत गर्न सफल भएको थियो। लाङ्घाली लाफा चोक”A” लाई जित दिलाउन जर्सी नम्बर १३ का नवल राइ र जर्सी नम्बर १० का रोहन राइले समान एक एक गोल गरेका थिए। सान्तोना स्वरुप लामेचौरीले खेलको अन्तिममा पाएको पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै लामेचौरीका जर्सी नम्बर २ का बिधान बरालले १ गोल गरेका थिए। खेलको सुरुवातमै लामेचौरीले पेनाल्टीको अवसर पाएको भए पनि गोल गर्न नसक्दा लामेचौरी स्तब्ध बन्न पुगेको हो। लाङ्घाली लाफा चोक”A” र लामेचौरी बिचको खेलमा लाङ्घाली लाफा चोकका गोलकिपर लबकुश मगर म्यान अफ द म्याच भएका थिए।
“बेल्टार खसी कप-२०७९”को प्रत्यक खेलमा हुने म्यान अफ द म्याचलाई हाल अमेरिका बस्दै आउनु भएका चौदण्डीगढी नगरपालिका ६ चतरालाइनका राज राउतले स्पोन्सर गर्नु भएको छ।
प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेल “पुमलाइन” र “हाङब्जार A” बिच दिउसो २ बजे हुने छ भने दोश्रो खेल “कल्यान चोक C” र लाङ्घाली लाफा चोक”B”
बिच दिउसो ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.



