ठुला-ठुला समुन्द्र छन खोलि भेटिदैन मुलको पानि खाए जस्तो तिर्खा मेटिदैन! यस्तै छ कहानी परदेशिको किन्न त पाईन्छ पानि फ्रिज को अनि हावा ए सि को तर तिर्सना मेट्दैन गाँउवेसी को!! यो गित नसुन्ने र सुनीसकेपछी मातृभुमी सम्झेर भावबिह्वल नहुने सायदै प्रवासी नेपालीहरु होलान। तिनै प्रवाशी नेपालीहरुको यथार्थ कहानी मा कलम चलाउन सिपालु गितकार नारायण कंडेल ले आजबाट यसै गितको अर्को भागको रुपमा “परदेशी-२ हरेक दिन नेपाली परदेशमा रुन्छ” बजारमा ल्याएका छन्।हरेक बिधामा उत्तीकै उत्कृष्ट कलम चलाउने कंडेलको राष्ट्र भक्तीले ओतप्रोत गित “सलामी” पनि निकै चर्चामा रह्यो। बाग्लुङ्ग को बिहुँकोट-९ करलिममा जन्मिएका कंडेल बिगत केहि बर्षदेखी जापानलाई कर्मथलो बनाएका छन। उनी प्रवासबाट गितसंगित श्रृजना गर्नेहरुको सुचिमा अग्रपङ्तीमा गनिन्छन्। पानि बाटै चल्न सक्ने मोटर गुडाईसके समुन्द्र मा वस्न मिल्ने जहाज उडाईसके जमिन मुनि सुरुङ भित्रै यात्रा हुन्छ रेलमा तुईन छैन मेरो देशमा कर्णालीको भेल मा!! हरेक दिन नेपाली प्रदेशमा रुन्छ सम्झेर मेरो देश कैले यस्तो हुन्छ!! सामाजिक सञ्जालमा निकै लामो समयदेखी भाईरल बनेको बहुप्रतिक्षित यो गितमा जापानमै रहेर सर्बाधिक चर्चा कमाईरहेका खास गरि परदेशी गायकको रुपमा स्थापित भैसकेका गायक सुर्य खड्काको सुमधर आबाज रहेको छ भने केहि समय देखी फ्रान्स को पेरिसमा रहँदै आउनुभएका चर्चित सर्जक शिव सुवेदी को अत्यान्त मिठो संगित रहेको छ।

कृपया यो पेज Like गर्नु होला
नेपालीहरुको यथार्थ कहानी मा कलम चलाउन सिपालु गितकार नारायण कंडेल ले आजबाट यसै गितको अर्को भागको रुपमा “परदेशी-२ हरेक दिन नेपाली परदेशमा रुन्छ” बजारमा ल्याएका छन्।

जापानमै बसेर गित संगितमा सक्रिय अर्का गायक तथा मोडल बिनोद भण्डारीको निर्देशन अनि अभिनय रहेको गित को छायाँङ्कन पनि जापानकै बिभिन्न ठाँउहरुमा गरिएको छ। बिष्णु सुवेदी “निशान” को छायाँङ्कन र बिष्णु शर्मा को सम्पादन रहेको उक्त गित बिकशित मुलुक जापान बाट देश तिर फर्केर हेर्दा साँच्चै हाम्रो देश कैले यस्तो होला भन्ने लाग्नेगरी निर्माण गरिएको छ। गितलाई बशन्त फिल्मस् प्रा. लि. ले बजार ब्यवस्थापन गरेको छ!!

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया