अन्जनी कुमार अधिकारी
गाइघाट। उदयपुर जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल महिला, पुरुष खेलाडी छनोट गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पर्वत दाहालको संयोजकत्वमा आठ सदस्य समिती गठन गरेको छ।
जिल्ला खेलकुद विकास समिति उदयपुरले यही असोज २८ देखी कार्तिक ३ गते सम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकालागी जिल्लामा बिभिन्न खेलका छनोट प्रतियोगिता असोज ५ गते देखि १० गते सम्म सम्पन्न गर्नु पर्ने भन्दै ह्याण्डबल महिला, पुरुष खेलको खेल प्रतियोगीता असोज १० गते चौदण्डीगढी नगरपालिकाको वार्ड नं. ७ स्थित रामप्रसाद राइ रंगशालमा गर्ने भन्दै समिती गठन गरेको जनाएको छ।
जिल्ला खेलकुद विकास समितिले ह्याण्डबल महिला, पुरुष खेलाडी छनोटकालागी खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहाल संयोजक र सदस्यहरुमा जिल्ला ह्याण्डबल संघ, विन्दा थापा (ह्याण्डवल प्रशिक्षक), पर्वत गुरुङ्ग (ह्याण्डवल सस्थापक), विदुर राई, नन्दु मगर, पिटर राई र रंजना राईलाई मनोनित गरेको छ।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया