उदयपुर पुस २७ ।
खेलकुदको माध्यमबाट उदयपुरको पहिचान दिलाउने उद्देश्यले स्थापना गरिएको उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले आज सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दिएको हो ।
उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले आज सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दिएको हो ।
जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको मुल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिए । ‘गोल्डकपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।’ संयोजक राईले भने ‘यस बाहेक भारतको खर्साङ्ग क्लबले पनि प्रतियोगितामा भाग लिने सूचना आएको छ ।’ स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता माघ ५ गते सम्म संचालन हुने संयोजक राईले बताए ।
स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता माघ ५ गते सम्म संचालन हुने संयोजक राईले बताए ।
गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा आर्थिक व्यवस्थापन उपमिति, खानपान तथा वसोबास व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरु गठन गरिएको जानकारी दिईयो । नक आउटको आधारमा खेलाईने गोल्डकप संचालनको लागि करिव ३८ लाखको आय व्यय प्रस्तुत गरिएको थियो । गोल्डकप विजेतालाई दुई लाख र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप स्थानीय विद्यालयमा तेस्रो संस्करण सम्म संचालन गरिएकोमा यस बर्ष आफ्नै रंगशालामा संचालन हुने छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

