काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।

कृपया यो पेज Like गर्नु होला

पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो ।

अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

महासचिव र कोषाध्यक्ष भने कार्य समितिले नियुक्त गरिने प्रावधान रहेको छ।
सोमबार भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई पराजित गरी पंकजविक्रम नेम्वाङ अध्यक्ष निर्वाचित भएका थिए। बुधवार पदभार सम्हाले लगत्तै नव निर्वाचित कार्य समितिको पहिलो बैठक बसेको हो।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया