
अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकाको नवगठित नगर खेलकुद बिकास समितीले चिनको होन्जाउमा हुने एसियन महिला ह्याण्डबलको दोश्रो चरणको छनोटको तयारी गर्दै गरेका खेलाडी तथा प्रशिक्षकलाई जर्सी तथा अन्य सामाग्री हस्तान्तरण गरिएको छ।
आज नगर खेलकुद बिकास समितीका अध्यक्ष नन्दु मगर, जिल्ला ह्याण्डबल संघका अध्यक्ष शम्भु पौडेल लगायतको टोलिले नगरको वडा नं ६ स्थित समावेसी खेलमैदानमै पुगेर खेलाडी तथा प्रशिक्षक बिन्दा थापालाई जर्सी, ट्र्याकसुट र सिट्ठी हस्तान्तरण गरेको हो।
चौदण्डीगढी नगरपालिका बाट चिनको होन्जाउमा हुने एसियन महिला ह्याण्डबल प्रतियोगिताका लागि सात जना पहिलो चरणमा छनोटमा परेका थिए। यसरी छनोट हुनेहरुमा राष्ट्रिय टिमकी क्याप्टेन समेत रहेकी रन्जना राइ, बन्दना राइ, दिब्या थापा, संचिता बस्नेत, रमिता खड्का र रमिला बस्नेत रहेका छन। उनिहरु मध्य रन्जना राइ, दिब्या थापा र सन्चिता बस्नेतलाई राष्ट्रिय खेलकुद परिषद ह्याण्डबलकी कोच बिन्दा थापाले चौदण्डीगढी नगरपालिकाको समावेसी खेल मैदानमा दोश्रो चरणको छनोटकालागी प्रशिक्षण दिइरहनु भएको छ। हाल दोश्रो चरणको छनोटकालागी प्रशिक्षण लिदै गरेक खेलाडीलाई जर्सी र प्रशिक्षकलाई ट्र्याकसुट र सिठ्ठी नगर खेलकुद बिकास समितीले हस्तान्तरण गरिएको हो।
खेलाडीहरुलाई राम्रो प्रशिक्षण लिएर एसियन महिला ह्याण्डबल प्रतियोगितामा नेपालबाट छनोट हुन र प्रशिक्षकलाई राम्रो प्रशिक्षण दिएर खेलाडीलाई सफल बनाएर चिनको होन्जाउमा हुने एसियन महिला ह्याण्डबलमा आफ्न नगरका खेलाडीलाई पुर्यान सफलता मिलोस भन्ने शुभकामना सहित उक्त सामाग्री हस्तान्तरण गरिएको नगर खेलकुद बिकास समितीका अध्यक्ष नन्दु मगरले बताउनु भयो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.





