प्रजातत्त्र दिवसको अवसर पारेर  आउँदो फागुन ६ गते रिलिज गर्न लागिएको फिल्म ‘मेरो देश’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लड अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी फिचरिङमा छन् ।

कृपया यो पेज Like गर्नु होला

गीतले काठमाडौंबाट तराई झरेकी युवतीको कथा बोल्छ ।  सार्वजनिक गीतमा मधेश र  पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएका युवा युवतीको कथा झल्काईएको छ ।  गीतमा वी वी  अनुरागीको संगीत अप्सरा देवकोटा र रुपक चौधरीले स्वर दिएका छन् ।

रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् ।फिल्मका निर्देशक देव नेपाल हुन् ।  ‘मेरो देश’मा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाह लगाएतका कलाकारहरु समेत लिड अभिनयमा छन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया