एसियाको ठुलो मुलुक चीनको पहिलो ग्रेडको टेलिभिज च्यानल नेपाली  ‘एक्सजेडटिभी’ (XZTV) बाट नेपाली फिल्म प्रसारण हुँदा धेरै चकित परे । चाइनिज टिभीमा पहिलो पटक दाबी गरिएको ‘सिन्दुर’ प्रसारण हुँदा उक्त टिभी हेरिरहेका अनि च्यानल घुमाउँदै त्यहाँ पुग्दा नेपाली फिल्म देखेर आश्चर्यमा परेका नेपाली दर्शकले ‘सिन्दुर’ आउँदासम्म हेरिरहे, रिमोर्ट परिवर्तन गरेनन् ।

कृपया यो पेज Like गर्नु होला

 बुझ्नमा आएअनुसार उक्त टेलिभिजनले ‘सिन्दुर’को प्रशारण अधिकार खरिद गरेर चाइनिज भाषाको सव-टाइटल सहित फिल्म प्रसारण गरेको थियो । आइतवार राती नेपाली समय अनुसार नौ बजे ‘सिन्दुर’ प्रसारण भएको थियो ।

 

पछिल्लो पटक नेपालमा आएका एक चिनियाँ फिल्म निर्देशकले पनि नेपाली फिल्मलाई चाइनिज फिल्म उद्योगले नजिकबाट नियालेको बोलेका थिए । श्रोतका अनुसार उक्त टेलिभिजनले आगामी दिनमा पनि साप्ताहिक रुपमा उत्कृष्ट मानिएका नेपाली फिल्महरु प्रसारण गर्दै जाने बताइएको छ ।

विश्वव्यापी बन्दै गरेको नेपाली फिल्म उद्योगमा सबैभन्दा नजिकको छिमेकी मानिने भारतिय टेलिभिजनमा समेत नेपाली फिल्मले राम्रो साथ नपाएको अनि भारतले नेपाली फिल्म उद्योगप्रति हेर्ने दृष्टिकोण अझै दूर रहेको खण्डमा चीनले देखाएको अग्रसरतालाई स्वागतयोग्य मानिएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया