बार्सिलोना – नौ खेलाडीमा सिमित एथ्लेटिको बिल्बाओसँग बार्सिलोना अप्रत्यासित रुपमा पराजित भएको छ । अन्तिम १६ अन्तरगतको पहिलो लेगमा बार्सिलोना १–२ गोलअन्तरले स्तब्ध भएको हो ।

कृपया यो पेज Like गर्नु होला

पहिलो हाफमा तीन मिनेटभित्र आरिज अडुरिज र इनाकी विलियम्सको गोलको मद्दतले घरेलु टोलीले खेलमा पकड बनायो ।

खेलको दोस्रो हाफमा लियोनेल मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे ।

त्यसपछि राउल गार्सिया र एन्डर इटुरास्पेले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बिल्बाओ ९ खेलाडीमा सिमित बन्यो ।

तर, यसको फाइदा बार्सिलोनाले लिन सकेन ।

खेलको इन्जुरी समयमा मेस्सीले गरेको अर्को प्रयास पोष्टमा लागेको थियो ।

प्रतियोगितामा दुई टोलीको भिडन्त भएको पछिल्लो ९ सिजनमा यो छैटौँ पटक हो । यसमध्ये दुई टोलीले ३ पटक फाइनलमा भिडेका छन् ।

सन् २००८ यता रियल म्याड्रिड बाहेक कुनै पनि टोलीले बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर गर्न सकेको छैन ।

अर्को लेग जनवरी ११ मा न्यु क्याम्पमा हुनेछ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया