काठमाडौं, पुस २२ – चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ ।

कृपया यो पेज Like गर्नु होला

बिहिबार दिउँसो काठमाडौंमा गरिएको एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमै प्रयोग भएको ठमेल बजार बोलको गीतले पनि बजार तताइरहेका बेला ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुले फिल्मबारे अनुमान गर्न पनि सुरु गरेका छन् ।

सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्कीलगायतको अभिनय लुट २ मा हेर्न पाइने छ । निर्माता माधव वाग्ले र निश्चल बस्नेत निर्देशक रहेको लुट २ फागुन १३ गते रिलिज हुनेछ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया