काठमाडौं, पुस १८ – चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।

कृपया यो पेज Like गर्नु होला

साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका नेपाल र भारत यसपटक सेमिफाइनलमै खेल्न लागेका हुन् । आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भिड्ने पक्का भएको हो ।
नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिता अन्तर्गत यसअघिका तीनवटै फाइनलमा हारेको नेपाललाई आज सोमबार भारतसँग जित्ने अवसर आएकाले सोमबार नयाँ इतिहास लेखिने नेपालका प्रशिक्षक कुमार थापाको विश्वास छ ।
पहिलोपटक नेपाली टिम सम्हालेका प्रशिक्षक थापाले साफ च्याम्पियनसिप जित्नु प्रशिक्षकका रुपमा आफ्नो पनि सपना रहेको बताए । प्रशिक्षक थापाले नेपालसँग सेमिफाइनलमै भिड्नु भारतका लागि दुर्भाग्य अर्थात ब्याडलक भएको टिप्पणी गरेका छन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया