सुनसरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका निवासी तथा इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गर्दै चर्चामा आउन थालएका छन।
राजेश पायल राईको चङ्गा उडेसरी बोलको गीत बाट अभियान शुरु गरेका बालकलाकार देउजाले “जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु” बोलको गीतमा आफ्नो दोश्रो अभिनय प्रस्तुत गरेका थिए। एक पछी अर्को सफलता मिल्दै गए पछी बालकलाकार गिप्सनले तेश्रो म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएका छन।
बालकलाकार गिप्सन सिंह देउजाले बिपन राइको “सोचे जस्तो जिन्दगानी हुन्न रहेछ कहिले” बोलको गीतमा आफ्नो तेश्रो अभिनय प्रस्तुत गरेका छन। उक्त गीतमा शब्द तथा आवाज बिपन राइको रहेको छ भने, संतिग जीवन राइले गरेका छन। “सोचे जस्तो जिन्दगानी हुन्न रहेछ कहिले” यस गीतको म्युजिक भिडियोमा बालकलाकार गिप्सन सिंह देउजा सहित बसन्त वाम्बुले राई, रोशन श्रेष्ठ, नवराज बास्तोला, कारीष्मा क्षेत्री, अर्जुन लिम्बु लगायतको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोलाई बसन्त वाम्बुले राइले निर्देशान् गरेका छन। बिपन राइको शब्द तथा आवाज रहेको “सोचे जस्तो जिन्दगानी हुन्न रहेछ कहिले” बोलको यस गीतलाई एआर म्युजिक हाउसले बजारमा ल्याएको छ।
सानै उमेरबाट अभिनयमा रुची राख्ने गिप्सन देउजा पुर्वकै बालकलाकार हुन। स्कुलमा समेत अनुशासित, मेहनती नाच्न समेत खुबै मनपराउने गरेको स्कुलका प्रेन्सिपल बोधहरी आचार्यले जानकारी दिनु भएको छ। बालकलाकार गिप्सन देउजाका बुवा ज्ञानु देउजाका अनुसार पढाईमा निकै राम्रो दखल राख्ने गिप्सनलाई बिद्यालयले डान्स प्रशिक्षणको लागी समेत भरना गरिदिएको थियो।

कृपया यो पेज Like गर्नु होला

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया