हडिया । चौदण्डी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रकास राउतले हडिया क्षेत्रलाई खेलकुदको हव बनाउने बताएका छन ।
हडियामा जारी स्वर्गीय लक्ष्मण कार्की स्मृति फुटबल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथीको रुपमा वडा अध्यक्ष राउतले वडाले हडिया क्षेत्रमा खेलकुद क्षेत्रको विकासको लागि वडा कार्यालयले कुनै कसर वाँकी नराख्ने बताएका हुन ।
प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए । फाईनलमा वडा अध्यक्ष राउतले प्रथम स्थान हासिल गर्ने जोगिदह टिमलाई नगद २० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरे भने द्वितीय बेल्टारले १५ हजार नगद सहित मेडल प्रमाणपत्र हात पार्न सफल भएको आयोजक चन्द्रलाल गिरीले जानकारी दिएका छन ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


हडिया स्थित खेलमैदानमा सुरु भएको फुटवल प्रतियोगिताको समापन गर्दै राउतले खेलकुद मैंदानको निर्माण गर्न नगरपालिकाको बजेट र प्रदेस सरकारको वजेट ल्याउन प्रयास गर्ने बताएका छन। लक्षमण कार्की स्मृती कप फुटवलको उपाधी जोगिदह फुटवल टिमले हात पारेकाे छ ।