
अन्जनी कुमार अधिकारी
बेल्टार। अहिलेको मोर्डन युगमा बन्ने तीज गीतहरु निकै तडकभडकका हुने गरेका भएपनी उदयपुरको चौदण्डीगढी नगरपालिकाकी नवउदयमान गायिका पूर्णिमा थापा (भीमरैता) ले भने आफ्नै जीवनमा घटित घटनाका आधारमा तयार पारीएको पहिलो सांगितिक कोशेली स्वरुप तीज गीत “ढल्की नाँचिन्छ” सार्वजनिक गरेकी छिन। आउँदै गरेको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरी बनाइएको उक्त गीत र म्यूजिक भिडियो गत शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राईले सार्वजनिक गर्नु भएको छ।
चौदण्डीगढी नगरपालिकाको बेल्टार क्षेत्रमै छायाङ्कन गरिएको उक्त गीत को म्युजिक भिडियोलाई स्थानीय “उदयपुर मिडिया हब”ले निर्माण गरेको हो।
नवउदयमान गायिका पूर्णिमा थापा (भीमरैता)को शब्द तथा आवाज रहेको उक्त गीतमा संगित भने नवराज राउतको रहेको छ। आरके मिलनले एरेन्ज गरेको गीत काठमाण्डौ स्थित स्टुडीयो डिजिटलमा रेकर्ड गरिएको थियो।
प्रेमजङ किराँतीले निर्देशन गरेको म्यूजिक भिडियोका लागि शिव चौधरीले कोरियोग्राफरको भूमिका निर्वाह गरेका छन् भने सञ्जय चौधरीले व्यवस्थापन, लाईटमा नगेन्द्र गुरुङ, सुसान पौडेल र कलाकारहरुरुको मेकअपमा सोम मग्रान्ती रहेका छन् । मुहा मगरको छायाङ्कन र दृष्य सम्पादन रहेको म्यूजिक भिडियोका लागि प्रोडक्शन कन्ट्रोलर अन्जन किराँती र कला निर्देशकको रुपमा एनएक्स नईन राई किराँतीको भूमिका रहेको छ।
म्यूजिक भिडियोमा गायिका पूर्णिमा थापा स्वयम आफैले पनि अभिनय गरेकी छन् भने उनीसँगै देवनारायण चौधरी, निर्मला श्रेष्ठ, सरिका राई, बिमला श्रेष्ठ, रुकु राई (कार्की), पिटर राई, अंकिता थापा (बालकलाकार), प्रमिता राई लगायतले अभिनय गरेका छन।
भिडियो:
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.





