अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिका वडा नं. ६ निवासी समाज सेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता द्वय ज्ञानेन्द्र प्रधान र दिपक राउतले युवा खेलाडीहरुकालागि फुटबल, भलिबल, नेट लगायत खेलकुद सामाग्री प्रदान गरेका छन।
सामाजिक क्षेत्रमा निकै अग्रस्थानमा रहेका श्रेष्ठ र राउतले आफ्नै वडा स्थित शिर्वानीका युवा खेलाडी भाईहरुको खेलकुदमा स्तरउन्नति र प्रोत्साहन स्वरुप फुटबल, भलिबल, नेट लगायतका सामाग्री प्रदान गरेको समाजसेवी राउतले जानकारी दिनु भएको छ।
स्मरणीय छ प्रधानले यस अघि पनि विभिन्न ब्याक्ती तथा समुहलाई खेलकुद सामाग्री बितरण गर्दै आउनु भएको छ भने राउत चौदण्डीगढी नगरपालिकामा समाजिक कार्यमा अग्रस्थानमा रहेका युवा हुन।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया