उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ मोहनपुर बस्ने समाजसेवी ख्यामराज श्रेष्ठले उदयपुर स्पोर्टस क्लब लाई बार्षिक एक लाख छपन्न (१५६०००) हजार सहयोग गर्ने घोषणा गर्नु गर्नु भएको छ।
शिवशक्ती कृषि पशुपन्छी तथा पोल्ट्री फर्म का संचालक युवा उधमी समाजसेवी त्रि. न. पा ६ स्थित मोहनपुर निवासी ख्यामराज श्रेष्ठ द्वारा उदयपुरमा विभिन्न खेलकुद गतिविधि संचालन गर्दै आयको उदयपुर स्पोर्टस क्लब लाई एक वर्ष सम्म वार्षिक एक लाख छपन्न हजार नगद सहयोग गर्ने एक कार्यक्रमका बिच घोषणा गर्नु भएको छ साथै उहाले क्लब सन्चालन गर्न कार्यलय स्थापना गर्न चाडै जग्गा समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले उपलब्ध गराउने सहयोग बाट क्लबका खेलाडी अफिसियल प्रशिक्षक लगायतले लगाउने जर्सी ट्रयाकशुट लगायत खेलकुद सामग्री खरिद गरिने क्लबका अध्यक्ष आसन दाहालले जानकारी दिनु भयो । कार्यक्रममा क्लबलाई मासिक १३००० का दरले बार्शिक १५६००० उपलब्ध गराउने र क्लबका खेलाडी अफिसियल प्रशिक्षक लगायतले लगाउने जर्सी ट्रयाकशुटमा सहयोग कम्पनी शिवशक्ती कृषि पशुपन्छी तथा पोल्ट्री फर्मको लोगो प्रयोग गर्ने सहमति भएको दाहालले जानकारी दिए।

कृपया यो पेज Like गर्नु होला

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया