अन्जनी कुमार अधिकारी

उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ८ को बिरेन्द्र बजारमा आयोजना गरिएको वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिताको बिजेता उदयपुर स्पोर्ट्स क्लब गाइघाट भएको छ।
आज सम्पन्न फाइनल खेलमा जन्तेढुङ्गा गाउँपालिका बोपुङ्गलाई ३-२ को सेटमा पराजित गर्दै उदयपुर स्पोर्ट्स क्लब गाइघाटले प्रतियोगिता उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो।
प्रतियोगिताको उपाधी चुम्न सफल उदयपुर स्पोर्ट्स क्लब गाइघाटले ३० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाण पाएको छ भने उपबिजेता बनेको जन्तेढुङ्गा गाउँपालिका बोपुङ्गले ट्रफी, मेडल तथा प्रमाण सहित २० हजार नगदमा चित्तबुझाउनु परेको छ।
प्रतियोगिताको तेश्रो बिजेता बनेको रिल्ला क्लव खोटाङले भने ट्रफी, मेडल तथा प्रमाण सहित १० हजार नगद प्राप्त गरेको थियो।
यहि चैत्र १ गते बाट संचालन भएको यस प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए। गत मंसिर २१ गते असामहिक निधन भएका चौदण्डीगढी नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्याम कुमार मगरको सम्झनामा आयोजित “वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता” को आज एक कार्यक्रमका बिच प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि एवं नगर प्रमुख खगेन्द्र राईले स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिताको समापन गर्नु भएको थियो।
आज भएको समापन समारोह तथा फाइनल खेलमा दर्शकको भने अत्याधिक उपस्तिथि रहेको थियो भने कार्यक्रममा काङ्ग्रेसका नेता तथा कार्यकर्ता, माओवादी केन्द्र तथा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.





