अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ८ स्थित बिरेन्द्र बजारमा नगरकै अहिले सम्मको ठुलो भलिवल प्रतियोगिता आज बाट सुरु भएको छ। सोही वडाका वडा अध्यक्ष श्याम कुमार मगरको गत मंसिर २१ गते असामहिक निधन भएकोमा वहाँकै स्मृतीमा आयोजित “वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता” को उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राइले आज एक कार्यक्रमका बिच गरेका छन।
चौदण्डीगढी नगरपालिकामै आज सम्मको ठुलो भलिवल प्रतियोगिताको आयोजना नगर र वडा नं ८ को बिशेष सहयोगमा संचालन गरिएको आयोजक कमिटीले जानकारी दिएको छ।
प्रतियोगितामा छिमेकी जिल्ला खोट्टाङ, सुन्सरी, भोजपुरका पालिका बाट खेलाडीहरुले सहभागीता जनाएको उक्त आयोजनामा आयोजक टिम सहित जम्मा १६ टिमले प्रतिष्पर्धा गर्दै छन भने उक्त प्रतियोगितामा आज भएको उद्घाटन खेल धरान र बेलका नपा, लिम्चुङ्गबुङ्ग गा.पा. र ईटहरी तथा आम चाेक गा.पा. र फाक्टाङ्ग बिच भएका थिए। जस मध्य धरान, फाक्टाङ्ग र लिम्चुङ्गबुङ्ग गाँपालिका बिजयी भएका छन।
आज सम्पन्न उद्घाटन खेलको उत्कृष्ठ खेलाडीमा धरानका साङगेन राई र आमचोकका खेलाडी निशान राई घोषीत भएका थिए भने लिम्चुङ्गबुङ्ग गाँउपालिका प्रद्वन्दी टिम अनुपस्तिथी भए सोतह दोश्रो राउण्डमा प्रवेस गरेको थियो।
आज भएको उद्घाटन कार्यक्रम आयोजना समितीका अध्यक्ष बिवस राइको अध्यक्षता तथा चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा चौदण्डीगढी नगरपालिका वडा नं ७, ८ र १० का वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका अध्यक्ष तथा सचिव, बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण ब्यबसायीहरु, नेता तथा कार्यक्रता लगायतले अतिथीको आसन ग्रहण गर्नु भएको थियो।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले एक सालीन, भद्र वडा अध्यक्ष गुमानुपर्दा निकै पिडा भएको भन्दै स्व.अध्यक्ष श्याम कुमार मगर प्रती श्रदासुमन ब्याक्त गरेका थिए।
यही चैत्र ४ गते सम्म सन्चालन हुने प्रतियोगीतामा प्रथम हुने टिमलाई ३० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित २० हजार नगद र तेश्रो हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजारले सम्मान गरिने आयोजकले जनाएको छ।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया