अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं. ८ बिरेन्द्र बजारमा वडा अध्यक्ष स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको छ।
चौदण्डीगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्याम कुमार राईको गत मंसिर २१ गते असामहिक निधन भएको थियो हाल वहाँकै सम्झना स्वरुप “वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता” आयोजना गर्न लागिएको आयोजक कमिटीका अध्यक्ष बिवस राईले जानकारी दिनु भएको छ।
यहि २०७७ चैत्र १ गते बाट ३ गते सम्म संचालन हुने वडा अध्यक्ष स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता जम्मा १२ टिमले सहभागीता जनाउने आयोजक कमिटीले लक्ष लिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई ३० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित २० हजार नगद र तेश्रो हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजारले सम्मान गरिने आयोजक कमिटीका सदस्य समेत रहेका स्व. वडा अध्यक्षका छोरा बालकृष्ण मगरले जानकारी दिएका छन।
यस प्रतियोगिता सम्पन्न गर्न गरिब ४ लाख खर्च हुने आयोजक कमिटीले लक्ष्य राखेको छ भने उक्त रकमको जोहो गर्न सहयोगी हातहरु, संघसस्थाहरु तथा बिशेश गरि नगर खेलकुद बिकास समिति मार्फत चौदण्डीगढी नगरपालिका संग आग्रह गरिएको समेत पत्रकार सम्मेलन मार्फत अवगत गराइएको थियो।
नगरखेलकुद बिकास समिति चौदण्डीगढीका अध्यक्ष शसिचन्द्र राई तथा नगर भलिबल संघका अध्यक्ष सन्तोष राई समेत उपस्थित उक्त पत्रकार सम्मेलनमा यस प्रतियोगितालाई सभ्य र भब्य सहित सम्पन्न गर्न आफ्नो समितीको तर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

