अन्जनी कुमार अधिकारी
सुनसरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका निवासी तथा इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजा राजेश पायल राईको चङ्गा उडेसरी बोलको गीतको सफलता संगै दोश्रो म्युजिक भिडियोमा अभिनय गरेका छन।
बालकलाकार गिप्सन सिंह देउजाले “जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु” बोलको गीतमा आफ्नो दोश्रो अभिनय प्रस्तुत गरेका छन। उक्त गीतमा आवाज तथा संगीत अनुमा चौधरीको रहेको छ भने, शब्द भुवन वास्तोलाको रहेको छ। जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु यस गीतको म्युजिक भिडियोमा बालकलाकार गिप्सन सिंह देउजा सहित रोशन श्रेष्ठ, सम्झना राइ, पूजा राइको अभिनय रहेको छ।
इटहरीका ब्यबसायी राजु लिम्बुको बिशेष सहयोगमा तयार पारीएको उक्त गीतको एरेन्जर अमर राइ तथा निर्देशन बसन्त राइको रहेको उक्त म्युजिक भिडियो ब्यबस्थापना पक्षले जानकारी दिएको छ।
यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका पुर्वकै बालकलाकार गिप्सन सिंह देउजा स्कुलमा समेत अनुशासित, मेहनती नाच्न समेत खुबै मनपराउने गरेको स्कुलका प्रेन्सिपल बाबुराम बस्नेतले जानकारी दिनु भएको छ। पढाईमा निकै राम्रो दखल राख्ने गिप्सनलाई हाल बिद्यालयले ३ महिने डान्स प्रशिक्षणको लागी समेत भरना गरिदिएको छ।

कृपया यो पेज Like गर्नु होला

भिडियो:


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया