उदयपुर । नेकपा उदयपुरका सचिव इश्वरमणी राउतले निर्वाचन आयोगको बैठक पुस्तिकामा नोट अफ डिसेन्ट लेखेका छन ।
मध्यावधि निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहिबार गरेको कार्यक्रममा नेता राउतले चुनाव नाटक मात्र भएको भन्दै त्यसमा नेकपा उदयपुरको नोटअफ डिसेन्ट रहेको बताए ।
पार्टी सचिव राउतले ‘संसद विघटन गरिएको विषय नै असंवैधानिक भएको, अलोकतान्त्रिक भएको, निरंशुकता तर्फ धकेलिएको यो स्वेच्छाचारी कदम भएको हुदाँ यो कदम प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पाटी (ने.क.पा.) घोर भर्सना गर्दै असहमति जनाउदछु ।’ कार्यक्रममा बोल्दै नेता राउतले चुनाव हुनै नसक्ने दावी गर्दै चुनावलक्षित गतिबिधि नगर्न कार्यालयलाई सचेत गराए ।
संसद बिघटनको बैधानिक प्रश्नको निचोड न्यायालयले नदिइसकेको र निर्वाचन आयोगले नेकपा बैधानिकताको टुंगो लगाई नसकेको अवस्थामा निर्वाचनसम्बी गतिविधि गर्नुको कुनै औचित्य नरहेको निर्वाचन कार्यालयलाई सचिव राउतले सचेत गराए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरीले निर्वाचन कार्यालयको चुनावलक्षित कार्यक्रमको कुनै औचित्य नरहेको बताए । त्रियृुगा नगरप्रमुखसमेत रहेका चौधरीले यस्तो कार्यक्रमलाई ’बेमौसमी बाजा’को संज्ञा दिदै संसद विघटनले बैधानिकता नपाउने र चुनाव पनि हुनै नसक्ने ठोकुवा गरे ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

