उदयपुर । भूतपूर्व सैनिकहरु विदेश पलायन हुनु नपरोस भन्ने उद्देश्यले नेपाली सेनाले उदयपुरमा ग्रिन हाउस निर्माण गरेको छ । भुतपूर्व सैनिकहरुको आय आर्जन बृद्धिको लागि त्रियुगा नगरपालिका वडा १३ असारीमा नेपाली सेनाको सिघ्र प्रभाव आयोजना अन्तर्गत १० वटा ग्रिन हाउस निर्माण गरेको हो ।
ग्रीन हाउसमा १२ महिना नै बेमौसमी तरकारी खेती गर्न सकिने जनाईएको छ ।
नेपाली सेनाले करिव दशलाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरिएको उक्त ग्रीन हाउस नेपाली सेनाका पूर्वी पृतनापती सन्तोष कुमार ढकालले भुतपूर्व सैनिक सहकारी संस्थालाई ग्रीन हाउस एक कार्याक्रमको विच शुक्रवार हस्तान्तरण गर्नु भएको छ ।
ग्रीनहाउसमा थोपा सिंचाइका लागि पाँचवटा मोटार जडित ट्याङ्किसहित अत्याधुनिक सिचाईको व्यवस्था गरिएको छ ।
पाँच बिगाहा १० कठ्ठा जग्गा २१ वर्षका लागि भाडामा लिएर २०७२ साल माघ २२ गतेबाट कृषि सहकारी संस्था दर्ता गरी संचालनमा ल्याएका छन । सहकारीले करिब एककरोडको लगानी गरेर गाई पालन ब्यवसाय शुरु गरेको र हाल उन्नत जातका गाईबाट दूध उत्पादन भईरहेकामा अव ग्रिनहाउस निर्माण भएपछि हरियो तरकारी तथा फलपूलसमेत उत्पादन गरीने सहकारीका अध्यक्ष खड्गबहादुर चाम्लिङले जानकारी दिनु भयो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.









