अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डि
गढी नगरपालिकामा हिजो “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले लोकार्पण गर्नु भएको हो।
उदयपुर मिडिया हबको पहिलो प्रस्तुतिमा सार्बजनिक गरिएको उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छिन्।
प्रदेशमा रहदाको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो हेरेर स्थानीय कार्यक्रममा उपस्थित आम दर्शक निकै भाबुक बनेका थिए।
जीवन यहाँ यस्तै छ गीत को उक्त म्युजिक भिडियोमा स्थानीय कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा) ले अभिनय गरेका छन भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किराॅतीले गरेका हुन्।
यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको उदयपुर मिडिया हबका संचालक समितीका सदस्य अन्जान किराँतीले जानकारी दिनु भएको छ।
औपचारिक कार्यक्रम आयोजना गरेर सार्बजनिक गरिएको उक्त लोकार्पण कार्यक्रम नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यमा भएको थियो भने वडा अध्यक्ष तेजराज तिमल्सिना, ज्योति मा.बि.का प्र.अ. राजकुमार ओझा, उधोग बाणिज्य संघका अध्यक्ष पवन कार्की, स्थानीय नेताहरु कान्ता राई, पर्वत दाहाल, शम्भु ल्वागुन, स्थानिय गायक शशिचन्द्र राई, संदिप मोते, शुरेश चौधरी, मिथुन ठाकुर अतिथि हुनुहुन्थ्यो।
सांगीतिक माहोलले भब्य तताईएको उक्त म्युजिक भिडियो लोकार्पण कार्यक्रममा बेल्टार बजार बोलको गीतमा उपस्थित दर्शकलाई गायक संदिप मोतेले जुरुक्क जुरुक्क उफारेका थिए भने स्थानीय पुराना गायक समाजसेवी शशिचन्द्र राईले समुन्द्रको छाल जस्तै बोलको गितले भाबुक बनाएका थिए भने उपस्तिथि आम अतिथिलाई चौदण्डिग्रुपले गितार बजाएर पप गित गाएर सुनाएका थिए।
जीवन यहाँ यस्तै छ बोलको गीत लोकार्पण संगै मन्तव्य राख्ने क्रममा वडा अध्यक्ष तेजराज तिमल्सिनाले यस्ता म्युजिक भिडियो स्थानीय स्तरमै बन्नु नगर कै गौरवको कुरा रहेको भन्दै अबका दिनमा नगरले यस्ता गहनालाई उचाइमा पुर्याउन नगरले आफ्नो बार्षिकमा बजेटनै छुट्याउनु पर्नेमा जोड दिएका थिए।
मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवंम नगर प्रमुख खगेन्द्र राइले यस गितका सम्पुर्ण कलाकालाई बधाई दिदै आगामी दिनमा यस प्रकारका गीत तथा म्युजिक भिडियोलाई नगरले प्रोत्साहन गर्ने भन्दै उदयपुर मिडिया हबलाई राम्रो कार्य गरेर अघि बढे आगामी दिनमा नगर जस्तोसुकै साथ सहयोग रहने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

