इटहरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका बाल कलाकार गिप्सन सिंह देउजाको समेत अभिनय रहेको “चङ्गा उडेसरी” बोलको गीत जिएम नेपालले भखरै बजारमा ल्याएको छ।

कृपया यो पेज Like गर्नु होला

नेपालकै ख्याती प्राप्त एवंम चर्चित गायक राजेश पायल राईको स्वर रहेको उक्त गितको शब्द भुवन बास्तोलाको हो भने संगीत आर.सी. फुलाहाङ्गको रहेको छ।
धरान घर भइ हाल हङ्कङ निबासी शिबराज लिम्बू को विशेष सहयोगमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा करिष्मा, गीता, भुवन र तेज ले अभिनय गरेका छन भने इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजाको समेत अभिनयले गीतलाई निकै आकर्षक बनाएको यस गीतका निर्देशक शिर कुमार साम्पहाङ्गले जानकारी दिनु भएको छ।

भुवन बास्तोलाको शब्द रहेको मार्मिक गितले एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उतारचढावको पीडा यस गीत मार्फत आम दर्शकलाई देखाएको छ। पैसामा प्रेम खोज्ने एक युवती र चोखो मायाको बदलामा धोका पाएको एक गरिब युवक बिचको प्रेम सम्बन्धलाई भुवन बास्तोलाले गितको शब्दमा कोरेका हुन।
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘ चङ्गा उडेझै ‘ गितको म्युजिक भिडियोलाई शिर कुमार साम्पाङले निर्देशन गरेका हुन । शिरले पछिल्लो समय बेस्ट सिनेमाट्रोग्राफी २०२० को अवार्ड पाएका थिए । एक्दमै मार्मिक गित चङ्गा उडेझैको शब्द अनि म्युजिक भिडियो हेर्दा अहिलेका वास्तविक प्रेम घटनालाई चित्रण गरिएको देख्न सकिन्छ।

निकै मर्मस्पर्शी गीत लेख्ने भुवन बास्तोलाले यस अघी पनि आधा दर्जन भन्दा धेरै गीतका शब्द लेखीसकेका छन भने, उनले आफ्नै शब्दमा रहेको “केही कुरा बुझेउ यो मनको” भन्ने बोलको गीत समेत बजारमा ल्याएका छन।
उनका शब्द तथा गायनका गीतहरु युटुबमा शर्च गरेर हेर्न सकिने समेत बास्तोलाले जनाएका छन।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया