अन्जनी कुमार अधिकारी
बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं ९ ज्यामिरे स्थायी ठेगाना भएका बादल सेवा संगित क्षेत्रमा चम्किन थालेका छन्, उदयपुरे गीतकार मेनुका कालिकोटेको शब्द र बादल सेवाको संगीतमा रहेको गित “विषम परिस्थिती” अहिले दर्शक श्रोता माझ ल्याएका बादल सेवा अहिले संगित क्षेत्रमा चम्किन थालेका छन्।
भर्खरै बजारमा आएको यस (विषम परिस्थिति) गीतमा संगीतकार स्वयंम बादल सेवा छन् भने, नेपाल आइडलका रनर अप प्रविन बेडवाल,रोशनी परियार,लक्ष्मी स्याङ्तान,अभिषेक बराइली,रोबिन थिङ्ग,दिपक सापकोटा,राजन कार्की,एन्जल परियारले संयुक्त आवाज दिएका छन्।
यस गीतका एरेन्जर राजन कार्की हुन् भने म्युजिक भिडियोलाई कृष्ण धनुकले निर्देशन गरेका छन्। गीतमा सम्पादन प्रसुन्न मिन शाक्यले गरेका छन्।
यो गीत अति नै मार्मिक र देशका सबै खाले विषम परिस्थिति संग मिल्दोजुल्दो रहने गीतका संगितकार बादल सेवाले जानकारी दिदै सम्पुर्ण दर्शकलाई एक पटक गीत सुनेर प्रतिकृया दिन समेत आमश्रोता समक्ष हार्दिक अनुरोध गरेका छन् ।

कृपया यो पेज Like गर्नु होला

गायक तथा संगीतकार बादल सेवाको बारे भन्नु पर्दा उनी चौदण्डीगढी नगरपालिकाका स्थानीय कलाकार हुन्। उनले २०७३ सालमा देशव्यापी एकल गायन खुल्ला प्रतिष्पर्धा नामक रियलिटी सोमा फस्ट रनरअप हुदै बेस्ट रेकर्डिङ भोइसको उपाधी समेत जित्न सफल भएका थिए। उनले हाल सम्म आफ्नो त हुन्न रैछ भर,कालापानी जस्ता सुमधुर गीतहरु दर्शकहरु माझ ल्याइसकेका छन्।
यस पल्ट भने उनले अहिलेको समय अनुकुल विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संग मिल्ने गीत निकाले पनि यो गीत देशका जस्तो सुकै विषम परिस्थिति संग मेला खाने गीत रहेको बताईएको छ ।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया