बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं. १० बाट ईलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले पक्राउ गरेको छ। गत शुक्रवार ईलाका प्रहरी कार्यालय बेल्टार बाट गस्तीमा गएको टोलीले साँझ पाँच बजे को समयमा चौदण्डिगढी नगरपालिका वडा नं. १० को देवधार बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनु भएको छ। अबैध लागुऔषध गाँजा सहित पक्राउ पर्नेहरुमा चौदण्डिगढी नगरपालिका १० निवासी ७२ बर्षका सबुरलाल चौधरी, वडा नं. ९ का २७ बर्षिय सुरेन्द्र दनुवार, वडा ९ कै १९ बर्षिया बिविक राई, वडा नं. ६ का ३० बर्षका रमेश थापा र वडा नं. ६ कै २८ बर्षका जीवन खड्का रहेका छन उनीहरुको साथ बाट १ किलो ३ सय ६५ ग्राम अबैध लागुऔषध गाँजा बरामद गरिएको छ। पक्राउ परेका पाँचै जनलाई अबैध लागूऔषध गाँजा बिक्रि गर्दै गरेको आरोपमा आज सम्मानित जिल्ला अदालत बाट म्यादथप गरि थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

