बेल्टार । चौदण्डीगढी नगरपालिका वडा नं. ९ हडियाका अन्जनी कुमार अधिकारीले वैदेशिक रोजगारलाई बिट मारेर स्वदेशमै ब्यबसाय सुरु गर्ने भएका छन।
उनले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित मदन भण्डारी राजमार्गमा आफ्नै पक्की घर निर्माण गरि होटेल एण्ड लज सुरु गर्न लागेका हुन । बेल्टारमा स्थानीय स‌ंचारकर्मीको समेत पहिचान बनाउन सफल अधिकारीको अधिकारी हाेटल एण्ड लज अगामी असोज ४ गते आईतबार देखी ओैपचारिक सुभारम्भ हुने जनाईएको छ । चौदण्डीगढी नगरपालिका क्षाेत्रमा अधिकारीले पत्रकारिता सगै सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएका छन ।
बिगत ८ बर्ष अघि देखि वैदेशिक रोजगारीको लागि साउदी अरबमा संघर्ष गरेका अधिकारी देशमा लोकतन्त्र स्थापन पश्चात् पाँच बर्षे दिगो स्थायी सरकार गठन भए संगै अब स्वदेशमै केही गर्न सकिने सोचेर गत बर्ष मात्र नेपाल फर्किएका थिए।
गत बैशाख बाटनै होटेल सुरु गर्ने लक्ष बनाएका उनको कोरोना भाइरसले विश्व महामारीको प्रकोप लिएर नेपालमा समेत भएको लकडाउको असरले खुल्न नसकेको होटेल यहि असोज ४ गते आइतबार बाट संचालनमा ल्याउने भएका छन।
अधिकारी होटेल एण्ड लज नाम दिएर खोलेको उक्त होटेलमा खसी/बोकाको सेकुवा सहित परेवा तारेको, लोकल कुखुराको ग्रेबी, रोष्ट, माछा, म:म: चाउमिन लगायतका परिकार पाउन सकिने उक्त होटलकी संचालिका समेत रहेकी अधिकारीकी धर्मपत्नी शान्ता सुवेदीले जानकारी दिएकी छिन।
लगभग २० लाख खर्चेर होटेल सुरु गरेका अधिकारीले बिदेशमा दुख गर्ने जति नै समय नेपालमा दुख गर्ने हो भने नेपाली माटोमा सुन उब्जाउन सकिने भन्दै आफुले व्यावसाय सुरु गरेको बताएका छन।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया