उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को सफल उपचार गरि उनको जीवन रक्षार्थ बचाउ अभियानले संकलन गरेको संकलित आर्थिक रकम आज एक कार्यक्रमका बिच परिवारलाई हस्तान्तरण गरेको छ। स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गर्नु भएको डाकमान बचाउ अभियान अन्तर्गत देश तथा बिदेश बाट संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम आज स्थानीय समाजसेवी, राजनीतिकर्मी, जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको उपस्थितिमा डाकमान तथा उनको परिवारलाई हस्तान्तरण गरिएको हो। बिगत पाँच बर्ष पहिला रोजगारीको सिलसिलामा भारत गएका डाकमान बि.क.को सडक दुर्घटना हुदा रेलले किचेर एउटा हात गुमाउनुको साथै अन्य चोटका कारण हाल पुर्ण अपांग बनेका छन। निकै लामो उपचार पश्चात् हाल सामान्य हिड्न सक्ने भए पनि उनको बोली आउन सकेको त छैन नै सास लिनलाई घाँटीमा प्वाल पारी पाइप राखिएको छ यद्यपि घाँटीमा राखिएको पाइप आफै पटक पटक बन्द हुने गर्दा समस्या आएको छ। सडक दुर्घटनामा परेका बि.क.को हाल सम्म ऋण तथा अन्य सहयोग मार्फत उपचारमा २२ लाख भन्दा माथी खर्च भैसकेको डाकमानका बुबा धन बहादुर बि.क. ले जानकारी दिनु भएको छ तथापि उनको स्वास्थ्य पुर्ण सुधार भने हुन सकेको छैन। हाल उनको एउटा हात त छैननै प्वाल पारेर पाइप राखिएको घाँटी कहिले ठिकहोला भन्ने परिवारमा ठूलो चिन्ता परेको छ दैनिक ज्यालादारी गरेर गर्जो टार्ने बि.क. परिवारमा परेको यो बज्रपात अत्यन्तै पिडादायी रहेको स्थानीय समाजसेवी राजु राईले जानकारी दिनु भएको छ राईका अनुसार बि.क. परिवारको पीडा देखेर सहननसकी स्थानीय सन्तोष राईले सामाजिक संजाल मार्फत देश तथा बिदेशमा रहेका नेपाली समक्ष सहयोगको लागि अपिल गरेका थिए। यस डाकमान बचाउ अभियानका अभियान्ता सन्तोष राईका अनुसार कोरिया, मकाउ, युके, हंकङ, मलेसिया, साउदी, कतार, दुबई, बहराइन, कुवेत लगायतका देश तथा स्वदेशबाट समेत आर्थिक संकलन भएको हुदा कुल ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ संकलन गर्न सफल भएको बताएका छन। आज भएको रकम हस्तान्तरण कार्यक्रमका सम्पुर्ण वक्ताहरुले रकम पारदर्शी तवर बाट हस्तान्तरण गर्ने अभियान्ता संतोष राई र अभियानलाई साथ दिएर देश तथा बिदेश बाट सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम स्थानिय टोलबिकास संस्थाका अध्यक्ष अनुराग राईको सभापतित्व तथा चौनपा ४ का जनप्रतिनिधि डम्बर पुलामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बिशेश अतिथि अभियान्ता संतोष राई थिए भने अतिथिहरुमा चौनपा ४ का नेकपा वडा अध्यक्ष, स्थानीय समाजसेवीहरु, टोलबिकास संस्थाका सदस्यहरु रहनु भएको थियो भने कार्यक्रम राजु राईले संचालन गर्नु भएको थियो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.






