सुनसरी । आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख मुत्यु दावी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी दिएको हो ।
तिन बर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाको विमा गरेका विमित मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको आईएमई लाईm ईन्सोरेन्सले जनाएको छ ।
स्वर्गिय मगरले कम्पनीमा मिति २०७४ असोज ४ गते बिमा गरेका थिए । उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । स्वर्गीय मगरको परिवारले एक महिना भित्र नै आवश्यक कागजात सहित विमा रकम माग दावि गर्ने वित्तिकै रकम भुक्तानी दिईएको धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए ।
शाखा प्रमुख राईका अनुसार कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट २० लाख ६० हजारको चेक इन्सोरेन्सका प्रदेश नं. एक प्रमुख कर्मराज पौडेलले वितरण गरेका थिए ।

कृपया यो पेज Like गर्नु होला

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया