गाईघाट । त्रियुगा नगरपालिकाले विहिबार र शुक्रबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको जितिया पर्वको अवसरमा भदौ २५ र २६ गते दुई दिन सार्वजनिक विदा दिएको हो ।
त्रियुगा नगरकार्यपालिकाको निणर्यानुसार त्रियुगा नगरकार्यापालिका मातहतका कार्यालय र विद्यालयहरुमा उक्त विदा लागु हुने छ । नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा विदा अवधिभर आकस्मिक सेवामा रहेका कर्मचारीलाई भने विदा हुने छैन ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

