अन्जनी कुमार अधिकारी बेल्टार, ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान होम प्रसाद मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले २०७७ असार महिनाको उत्कृष्ट प्रहरी अर्थात पुलिस अफ द मन्थ घोषणा गरेको छ। प्रहरी चौकी साउने उदयपुर दरबन्दी रहेका रानामगर हाल इप्रका बेल्टारमा कार्यरत छन भने उनले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गत असर महिनाको पुलिस अफ द मन्थ घोषित भएका हुन। यस अघि गत बर्ष चैत महिनामा पनि ईलाका प्रहरी कार्यालय बेल्टारकै प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं उत्कृष्ट प्रहरी घोषित हुँदै जिल्ला प्रहरी कार्यालय उदयपुर बाट पुरस्कृत भएका थिए। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण समयमै पुरस्कार हस्तान्तरण गर्न नपाइए र केही ढिला गरि उनलाई पुरस्कार हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरि व्यावसायिक लगनशील र कर्तब्यनिष्ठ तवरले कर्तब्यपथमा तल्लिन रहि उच्च मनोवल र सहासका साथ फरार प्रतिबादीहरु पक्राउगरी कानुनी दायरामा ल्याउन सफल रहेका प्रहरी जवान मगर दैवी प्रकोप लगायत बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकालिन अवस्थामा खटिई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अहम भुमिका निर्वाहगरेको भन्दै उनलाई गत असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहालले जानकारी दिनु भएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.



