ललित राई, बेलका । बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापालाई काग्रेस नगर सभापती सुशिल सेढाईले सार्वजनिक कार्याक्रममा आक्रमण गर्ने धम्की दिएका छन । काग्रेस नेता सेढाईले फेसबुक लाईभ मार्फत मेयर थापालाई कुनै पनि सार्वजनिक कार्यक्रममा हमला गरि हिसाव लिने धम्की दिएका हुन ।
बेलकामा पछिल्लो समयमा घटित राजनैतिक घटना क्रमलाई जोडेर नेपाली काँंग्रेस बेलका नगरका सभापति समेत रहेका सेढाईले गत भाद्र ११ गते बिहीवार साँझ ८ः३० बजे सामाजिक संजाल फेसबुक लाईभ कार्यक्रममा मेयर थापालाई कुनै पनि सार्बजनिक मन्च, स्थानमा हमला गरि हिसाब लिने र कुनै हालतमा नछाड्ने भनी दिएको सार्बजनिक अभिव्यक्ति दिएका थिए ।
काग्रेस नेता सेढाईको अभिव्यक्तीको विरुद्ध बेलका नगरपालिकामा कार्यरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटी सदस्यहरुले मेयर दुर्गा कुमार थापाको जिउ धनको सुरक्षाको माग गरेका छन । जिल्ला सदस्यहरुले भाद्र १६ गते साँझ संयुक्त प्रेस नोट जारी गरि काग्रेस नेता सेढाईलाई कानुनी कार्वाहीको माग गरिएको छ । बेलका नगरको भुगोलमा कार्यरत ११ जना नेकपा जिल्ला सदस्यहरुले मेयर थापाको जिउ धनको सुरक्षा लगायतका माग राखी उक्त प्रेस नोट जारी गरेका हुन । लाईभ कार्यक्रममै केही नेकपाकै नेताहरु आफ्नो आन्दोलनको समर्थनमा रहेको भन्ने अभिव्यक्तिलाई सस्तो निकृष्ट भनाईको खण्डन गर्दछौ भनिएको छ । सस्ता भनाईहरु तुरुन्त रोक्न चेतावनी समेत दिन्छौ र पार्टी कार्यकर्ताहरुलाई प्रतिकृयावादी झुटको खेतिको विश्वास नगर्न अनुरोध गर्दछौ समेत भनिएको छ। मेयर थापाको ज्यान धन माथि कुनै पनि घटना घटेमा त्यसको सम्पुर्ण जÞिम्मेवारी सुसिल सेढाईले अनिवार्य रुपले लिनु पर्ने छ, नोटको दोश्रो बुदामा भनिएको छ।मेयर थापाको कडा सुरक्षाको व्यवस्था गर्नको लागि पनि सुरक्षा निकाय संग माग गरिएको छ। नोटको अन्त्यमा छानबिनबाट दोषी प्रमाणित जो कोहीलाई पार्टीगत तथा कानुनि कार्यवाही गर्ने बताउदै वार्ता , छलफल र संवाद गरी समस्या समाधान गर्न तयार छौ र सो को लागि हार्दिक्ताका साथ आव्हान समेत गर्दछौ भनिएको छ। नोटमा सर्वसाधारण नागरिकलाई आन्दोलन तथा भिडभाड हुने कार्यक्रममा नजान समेत भनिएको छ।आन्दोलनको क्रममाÞ भवितव्य रुपमा कुनैपनि नागरिक घाईते वा अंगभंग भएको अवस्थामा अस्पतालले समेत कोरोनाका कारण सहज रुपले भर्ना नलिने र लिई हालेमा पनि उपचार पद्धतिमा प्रभावकारिता नदेखाई रहेको अवस्थामा यस्को गाम्भिर्यतालाई बुझ्न भनिएको छ। हामी हाम्रो पार्टीको सम्बृद्धि र उन्नतीका लागि र आफ्नो पार्टीको सरकारले गरेका लोकप्रिय कामको पक्षमा चट्टान सरी खड़ा हुन्छौ र नराम्रो कार्यको खबरदारी पनि गर्दछौ ,जारी नोटमा भनिएको छ ।

कृपया यो पेज Like गर्नु होला

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया