बेल्टार, चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारमा अबस्थित ज्योति माध्यमिक बिधालयले ऐतिहासिक कार्यको सुरुवात गर्दै पुर्व बिद्यार्थी समाजको तदर्थ कमिटी गठन गरेको छ। यहि बर्ष बैशाखको २९ गते निबर्तमान प्र.अ. अमरेन्द्र झा उमेरहदका कारण अनिवार्य अवकासमा गए पश्चात् बैशाख ३० गते बाट स्कुलको जिम्मेवारी समाल्न आइपुग्नु भएका पुर्व यहि बिधालयका शिक्षक तथा लामो समय शिक्षा शाखामा कार्यरत राजकुमार ओझाले बिधालयको आमूल परिवर्तनको लागि विभिन्न कार्य गर्दै आउनु भएको छ। कोरोनाको महामारीको बेला बिधालय बन्द रहेको मौकालाई फाइदाको रुप सदुपयोग गर्दै स्कुललाई बेहुली झै सिंगारेर मनमोहक बनाउन सफल प्रधानाध्यापक राजकुमार ओझाले बिधालयको गुणस्तरीय शिक्षा र शैक्षिक क्रान्ति ल्याउने अठोट गर्दै पुर्व बिद्यार्थीहरुको आज भेला आयोजना गराएका थिए। २०३७ साल बाट एस.एल.सी. मा आफ्ना बिद्यार्थीको सहभागीता गराउन शुरु गराएको यस बिधालयले सम्पुर्ण पुर्व बिद्यार्थीहरुलाई स्कुलको सभाहलमा उपस्तिथि हुन सामाजिक संजाल मार्फत गरेको आव्हान अनुसार ४५ जना भन्दा धेरै पुर्व बिद्यार्थीहरु उपस्थिति रहेका थिए। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिधालयले उपस्थित सम्पुर्ण पुर्व बिद्यार्थीलाई अनिवार्य माक्सको प्रयोग गर्न, स्कुल प्रवेस हुँदै गर्दा गेटमै साबुन पानीले हात धुन, र सभाहलमा बस्दा भौतिक दुरी कायम गरेर बस्ने ब्यबस्था गरेको थियो। विभिन्न उच्च तह र तप्कामा पुगिसकेका पुर्व बिद्यार्थीहरुको परिचयात्मक कार्यक्रमबाट सुरु भएको भेलामा उपस्थित सम्पुर्ण बिद्यार्थीहरुले आ-आफ्ना धारणहरु राखेका थिए। बिधालयले चाहेको र खोजेको सबै खाले साथ र सहयोगमा समर्थन रहने भन्दै पुर्व बिद्यार्थीहरुले आफुले सक्ने सबै खाले सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए। यस बिधालयले गुणस्तरीय शिक्षा प्रदान गर्न र जिल्ला देखी प्रदेश र देशकै नमुना बिधालयका रूपमा आफुलाई स्थापित बनाउन लागि पर्न स्कुल प्रशासनलाई पुर्व बिद्यार्थीहरुले सुझाव दिएका थिए। ज्योति मा.बि. ले आयोजना गरेको उक्त भेलाले १७ सदस्य पुर्व बिद्यार्थी समाजको तदर्थ कमिटी गठन गरेको छ। भोलाचन्द्र राईको संयोजकत्वमा गठित समितीको उपसंयोजक मा अन्जनी कुमार अधिकारी, कोषाध्यक्षमा उर्मिला राई मनोनीत हुनु भएको छ भने सदस्यहरुमा दिनेश खतिवडा, सबिता पौडेल, कृष्ण खत्री, नईन्द्र राई, युवा साप्कोटा, बिदुर राई, केशव आले, उषा राई, कौशिला राई, गोपाल कार्की, केशव अधिकारी, सुनिल प्रधान, कर्ण बहादुर थापा र निर्मला राई रहेका छन। यस तदर्थ कमिटीले निकट भबिस्यमै पुर्व बिद्यार्थीहरुको बृहत भेला गरेर समितिलाई पुर्णता दिने समेत बताइएको छ भने पुर्व बिद्यार्थी समाजको बिधान निर्माणको कार्य समेत यसै समितिले गर्ने नवमनोनित समाजका संयोजक भोलाचन्द्र राईले बताउनु भएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.




