बेल्टार, चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ र २ जोड्ने बसाहा स्थित लामाखोलामा नगरपालिकाले अस्थायी फलामे पुल निर्माण गरेको छ। यो बर्षको वर्षा शुरु हुनासाथ सामाजिक संजालमा निकै भाइरल बनेको उक्त खोलामा पुल नहुदा आवतजावतमा निकै ठूलो समस्या भएको थियो भने खोलामा बाढी आउदा स्थानीय युवाहरूले ५ सय रुपैया लिएर मोटरसाइकल बोकेर तारिदिने गरेका थिए जुन बोकेर मोटरसाइकल तारेको तस्बिर तथा भिडियो सामाजिक संजालमा राखेर नगरको श्लोगन “मुस्कुराउनुहोस तपाईं चौदण्डीगढी नगरपालिकामा हुनुहुन्छ” संग जोड्दै नगर प्रती ब्याङ्ग्य गर्ने गरेका थिए। मदन भण्डारी राजमार्गमा पर्ने उक्त खोलामा राष्ट्रिय गौरवकै योजना अनुसार पुल निर्माण हुनु पर्नेमा प्राबिधिक त्रुटीका कारण हाल सम्म पुल बन्न सकेको थिएन भने यस पाली को जेष्ठ महिनामा भने उक्त खोलामा पुल निर्माणको लागि ठेक्का लागिसकेको साडक बिभागले जनाएको छ। वर्षा शुरु हुनासाथ नेकपाका स्थानीय केही नेताले ब्याक्तिगत लगानीमा भए पनि उक्त खोलामा अस्थायी पुल बनाउने भनेर पैसा संकलन गर्न थालेका थिए तेहि समयमा नगरले आफ्नो पहलकदमी उठाएर उपभोक्ता समिति निर्माण गरि अस्थायी पुल निर्माण गरेको हो। सुरुमा ७ लाख बराबरको लागत स्टमेट गरेर मोटरसाइकल र टेम्पो हिड्न मिल्ने अस्थायी पुल निर्माण गर्ने लक्ष राखेको भए पनि स्थानीय जनताले कम्तीमा एम्बुलेन्स हिड्न मिल्ने बनाउन माग गरे पछी नगरले अस्थायी पुलको लागतमा वृद्धि गरिदिने निर्णय गर्दै सोही अनुसारको कार्य गर्न समितिलाई निर्देशन दिएको थियो। अस्थायी पुल निर्माण समितीका अध्यक्ष खेमराज राईका अनुसार २० लाख भन्दा माथी लागतमा फलामेट्रष्टको अस्थायी पुल निर्माण सम्पन्न गरेको जानकारी दिएका छन। ९० फिट लम्बाई रहेको उक्त पुलको चौडाइ भने ८ फिट रहेको समितिले जानकारी दिएको छ। हिजो सम्पन्न भएको उक्त अस्थायी फलामेट्रष्टको पुल आज एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरूपमा उद्घाटन गरेका हुन। निकै ठूलो समुदायको उपस्तिथि रहेको उद्घाटन कार्यक्रममा स्थानीय नेकपाका नेता, तथा काङ्ग्रेसका नेताहरूको बाक्लो उपस्थित रहेको थियो। आज लामाखोलामा अस्थायी पुल उद्घाटन भए सगै सामाजिक संजालमा खुसी ब्याक्त गर्ने र उक्त पुल निर्माणको अवधारणा ल्याउने नेकपाका नेता तथा नगरलाई बधाई दिनेको ओइरो लागेको छ।

कृपया यो पेज Like गर्नु होला

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया