अन्जनी कुमार अधिकारी । उदयपुर, उदयपुर जिल्लाकै सबै भन्दा ठूलो समस्याको रुपमा रहेको त्रियुगा नदीले बर्सेनि दर्जनौं घर, सयौं हेक्टर खेती योग्य जमिन र जनधनको क्षेती गर्ने गरेको छ उता हरेक बर्ष स्थानीय जनता भने अन्जन बाबू र संगित श्रोतको आवज तथा प्रेम गिरीलेअभिनय गरेको गितले भने झै “हामी भयौ बेघरबार चरी लैजा समाचार” भन्नूको विकल्प नरहेको बताउने गरेका छन। मानो खाएर मुरी उब्जनी गर्नु पर्ने र तेहि मुरीले जिबिकोपार्जन गर्नु पर्ने स्थानीय जनता भने त्रियुगा नदीले खेती योग्य जमिन कटान र बाढी पसेर बगरमा परिणत हुदा भने बर्षौ देखि दैनिक घरवार चलाउन समेत धौधौ पर्ने गरेको दुखेसो ब्यक्त गर्दछन। यद्यपि यस अघिनै उदयपुरको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको त्रियुगा नदी नियन्त्रणका लागि ६ अर्ब बढीको डिपिआर स्विकृत भैसकेको छ। बाढीले वर्षेनी सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न गरेकोले त्यसको नियन्त्रणका लागि डिपिआर तयार पारिएको हो। सप्तरी सदरमुकाम राजविराज स्थित खाँडो नियन्त्रण आयोजनाले तयार पारेको डिपिआरलाई नेपाल सरकारले यस अघि नै स्विकृति दिइसकेको छ भने त्रियुगा नगरपालिकाको त्रियुगा पुल भन्दा तल गाइघाट पट्टीको भागमा २ किलोमीटर बाँध निर्माणको लागि ठेक्का सम्झौता भएको भए पनि कोरोनाको कारण काम हुन भने नसकेको खाडो नियन्त्रण आयोजनाका प्रमुख रेवन्त यादवले जानकारी दिनु भएको छ। कुल ६ अर्ब ८४ करोड लागत अनुमान गरिएको उक्त परियोजनाले उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित कालीखोला (तोरीबारी)देखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी नदीसम्म दुवैतर्फ ५० किलोमिटर लामो बाँध निर्माण गरी त्रियुगा नियन्त्रण गरिने लक्ष्य लिएको छ। योजना सम्पन्न गर्न १० वर्ष लाग्ने आयोजनाका प्रमुख यादवले बताउनु भयो। आव ०७५/०७६ देखि काम सुरु गर्ने गरी योजना तयार गरिएको छ भने ०८४/०८५ सम्ममा काम सम्पन्न हुने लक्ष योजनाले लिएको छ यद्यपि अहिले सम्म यस योजनाको लागि ५/६ करोड रुपैया भन्दा पैसा बिनियोजन हुन सकेको छन। लगभग ७ अर्ब रुपैया लागतमा १० बर्ष भित्र सम्पन्न हुनु पर्ने यस योजनाको लागि सरकारले बार्षिक ७० करोड बिनियोजन गर्नु पर्ने हुन्छ। ५० वर्षपछि आउने बाढीलाई लक्षित गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ। डिपिआर अन्तर्गत बाँध को तल्लो भाग १७ मिटर चौडा, माथिल्लो भाग ५ मिटर चौडाको हुने छ भने ९ मिटर को लंचर समेत बाँधमा रहने छ। बाँधको बिचमा ६ मिटरको जाली लगाइने आयोजनाका प्रमुख रेवन्द यादवले जानकारी दिनु भएको छ। यदी यो गुरु योजना समयमै सम्पन्न भएमा उदयपुर जिल्लाकै समस्यामा रहेको त्रियुगा नदी नियन्त्रण हुने छ भने वर्षेनी सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति हुन समेत जोगिने छ र स्थानियले “हामी भयौ बेघरबार चरी लैजा समाचार” भन्नू पर्ने अवस्था बाट समेत मुक्ति पाउने छन।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.






