कटारी । मुक्तिनाथ विकास बैंक कटारीले आर्थिक अभाबको कारण उपचार गर्न समस्या भएका जीत बहादुर राई लाई आर्थिक सहयोग गरेको छ।कटारी नगरपालिका ५ भुल्के घर भएका राईको पिसाब थैलीमा इन्फेक्सन भए पछि उनको उपचारमा समस्या भएको थियो। राई गाउ घरमा मिस्त्री काम गरेर आफ्नो जीवन गुजारा गर्थे।बिरामी भए सँगै आर्थिक अभाबले उपचार गराउन समस्या भएको थियो।राईकी श्रीमती सविता राईले घर मर्मत लागी भनेर बैंक बाट १ लाख ५० हजार ऋण लिएको र ४ महीना देखी ऋण किस्ता दिन नआए पछि बैंकका डेस्क इन्चार्ज दीपक बहादुर मगर उनको घरमा पुगेका थिए। घर पुगे पछी श्रीमान बिरामी भएर काम गर्न नपाएको कारण किस्ता तिर्न नसकेको राईकी श्रीमतिले बताए पछि बैंक इन्चार्ज मगरले किस्ता समेत नमागी बैंकले सकेको सहयोग गर्ने बताउदै फर्किएको बताउनु भयो।
बिरामी भए पछि कटारी अस्पताल र गोलबजारमा चेक जाँच गराउदा ४० हजार समेत सकीएको र बिरामी अन्यत्र लानु पर्ने भने पछि एम्बुलेंस भाडा समेत नभएको बताए पछि मुक्तिनाथ बिकास बैंक शाखा कार्यलय कटारी बाट सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत बैंकका कर्मचारी बाट १८ हजार र राजीब कार्की बाट १ हजार ५ रुपैया गरी १९ हजार ५ रुपैया सहयोग गरेको बैंक मेनेजर बिपिन श्रेष्ठले बताउनु भयो। हाम्रो उद्देश्य जनता बैंकमा होइन बैंक जनतामा जानू पर्छ भन्ने उद्देश्य रहेको बताउदै समस्यामा परेकालाई कटारी शाखाले बेला बेला मा सहयोग गर्ने गरेको समेत बताउनु भयो। आगामी दिनमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्नेछौ। मेनेजर श्रेष्ठले भने “कटारीमा छोटो समयमा परिचित बनेको बैंक मुक्तिनाथ विकास बैंक भएको समेत बताउनु भयो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


