सन्तोष बस्नेत
बेल्टार, चौदण्डीगढी नगरपालिका बेल्टारको वडा नं. ७ स्थित मदन चोकमा आज स्व. मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाईएको छ।
चौनपा ७ को नेकपा वडा कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाका प्रदेश सदस्य देखि नगर र वडा कमिटी सदस्य सम्मको उपस्तिथि रहेको थियो।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसांगु भन्ने ठाउमा जन्मेका मदन भण्डारी ३९ बर्षकै उमेरमा तत्कालीन नेकपा एमालेका केन्द्रिय महासचिव बन्न सफल ब्याक्ती हुन भने नेपाल कम्युनिस्ट पार्टीमा जनताको बहुदलीय जनवादका योजनाकारक जननेता हुन।
उनको पार्टी संगठनको लागि हिड्ने शिलसिलामा चितवन स्थित त्रिसुलि नदीमा रहस्यमय दुर्घटना परि २०५० साल जेष्ठ ३ गते निधन भएको थियो।
उनै जननेता मदन भण्डारीको जन्म जयन्ती आज बेल्टारमा पनि दिप प्रज्वलन गरि मनाइएको हो।
दिप प्रज्वलन कार्यक्रममा नेकप प्रदेश कमिटी सदस्य राजन किराँती बासु, जिल्ला कमिटी सदस्य एवं नगर कमिटी अध्यक्ष राजेन्द्र कुमार कट्वाल, जिल्ला कमिटी सदस्य शम्भु पौडेल, किशोर ताम्राकार नेताहरूको उपस्तिथि रहेको थियो।
कार्यक्रम ७ नं. वडा कमिटीका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा भएको थियो भने वडा सचिब अशोक तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया