अन्जनी कुमार
बेल्टार, चौदण्डगढी नगरपालिकाको वडा नं. २ स्थित जोरबाटो चोकमा किरात समुदायको ऐतिहासिक साकेला पार्क निर्माण हुने भएकोछ।
प्रदेश सरकारको प्रदेश स्तरीय १० लाख बजेट मार्फत साकेला पार्क निर्माणको लागि घेराबेराको काम शुरु गरिएको छ।
प्रदेश सरासरले बिनियोजन गरेको बजेट अपुग हुने भए पछी स्थानीय सबै समुदायका जनताको स्वतस्फूर्त उपस्थितिमा आज श्रमदान गरिएको थियो।
यस क्षेत्रमा किरात समुदायको पहिचान झल्किने सबैखाले बस्तु राखिने, ठुला ठुला ढुङ्गा ल्याएर उक्त ढुङ्गाहरुमा पारुहाङ्ग सुम्निमाका तस्बिर कुदेर राखिने योजना रहेको वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनु भएको छ।
यस क्षेत्रमा किरात समुदायको पहिचान झल्कने साकेला पार्कको पुर्ण निर्माण गर्न प्रदेश र संघीय सरकारले अझै बजेट बिनियोजन गर्नु पर्ने देखिन्छ।
हाल प्रदेश सरकार को १० लाख बजेट मार्फत १ सय २७ मिटर लामो इटाको घेराबेरा, गेट सहित १४० मिटर ढल निर्माण गर्नु पर्ने उपभोक्ता समुहका अध्यक्ष तिलक राईले जानकारी दिनु भएको छ उक्त बिनियोजित रकम अपुग हुने देखिए पछी स्थानीयले श्रमदान गरेको वडा अध्यक्ष सुबेदीले बताउनु भयो।
आज श्रमदान गर्न पुगेका लगभग ४०-४५ घरधुरीका समुदायलाई बिहान को खाजा नस्ता स्थानीय नेकपाका नेता तथा समाजसेवी केशव अधिकारीले उपलब्ध गराउनु भएको थियो। यसरी जनता एक अर्काको पहिचान स्थापना गर्न स्वतस्फूर्त जुटेको देख्दा लाग्छ पक्कै पनी नेपाली नेपाली बिच एकता र भाईचाराको बलियो खम्बा रहेको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

