उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा कोरोना पोजेटिभ भेटिएको छ । १२ भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको हो ।
उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएकोमा राष्टीय प्रयोगशाला टेकु समेतले पनि कोरोना संक्रमण पुष्टी गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनु भयो । कोरोना संक्रमित १२ जना नै पुरुष भएको स्वास्थय मन्त्रालयले जनाएको छ । जसमा २० देखि ४० बर्ष उमेर समूहका रहेका छन ।
संक्रमित १२ जना भारतीय र उनीहरुसगै रहेका ४ जना नेपालीलाई शुक्रबार साँझ नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पहाडीले बताउनु भयो । अहिले मस्जित र मुस्लीम बस्ती नै प्रहरीले सील गरेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

